
२०१६ मा अमेरिका पढ्न आएका प्रदीप थापाको बुधबार मृ’त्यु भएपछि शव नेपाल पठाउन गोफण्डमी सुरु गरिएको छ । परिवारका एक मात्र छोरा प्रदीप कनेक्टिकटको ब्रिजपोर्ट विश्वविद्यालयमा स्नातकोत्तर गर्न अमेरिका आएका थिए।
उनी महामारीको सुरुवातदेखि नै मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त थिए र अस्पतालमा एक वर्षभन्दा बढी समय बिताएका थिए। मृ’त्युको कारण पेन्डिंग रहेको छ भने अधिकारीहरूले कारण पत्ता लगाउन ८ हप्तासम्म लाग्नसक्ने बताएका छन्। नेपालमा रहेका उनका आमाबुवाले उनको शवलाई हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गर्न नेपाल पठाउन अनुरोध गरेका छन् ।
शवगृहले शव नेपाल पठाउन हवाई भाडा सहित करिब ७५ सय डलर खर्च हुने बताएको छ। थापा परिवारको आर्थिक अवस्था कमजोर भएकाले प्रदीपको शव नेपाल पठाउन कोष जुटाउन सहयोगको अपिल गरिएको छ ।उनको शव कनेक्टिकटमा छ।
यो पनि – यदि तपाईको पासपोर्टको म्याद सकिएको छ तर अमेरिका यात्रा गर्नका लागि भिसाको म्याद भने बाँकी नै छ भने तपाई त्यही भिसामा अमेरिका यात्रा गर्न सक्नुहुन्छ । तर तपाईले आफूसँग म्याद नसकिएको नयाँ र भिसा भएको पूरानो दुबै पासपोर्ट बोक्नुपर्छ ।
तपाईको भिसा नष्ट भएको, च्यातिएको हुनुहुँदैन भने जुन प्रयोजनका लागि अमेरिका जान लाग्नुभएको हो, सोही प्रयोजनको हुनुपर्छ । उदाहरणका लागि तपाई घुम्न अमेरिका जान लाग्नुभएको हो भने पर्यटक भिसा प्रयोग गर्नुपर्छ ।तपाईको म्याद सहितको भिसा भएको पूरानो पासपोर्ट र नयाँ पासपोर्ट एउटै देशको हुनुपर्छ ।
त्यस्तै पासपोर्टको प्रकार पनि एउटै हुनुपर्छ । यदि तपाईको भिसा कूटनीतिक पासपोर्टमा छ भने नयाँ पासपोर्ट पनि कूटनीतिक नै हुनुपर्छ । नियमित पासपोर्टमा छ भने नयाँ पासपोर्ट पनि नियमित नै हुनुपर्छ ।अमेरिका प्रवेश गर्ने बेलामा विमानस्थलमा वा सिमानाकामा अधिकारीले तपाईको पूरानो पासपोर्टमा रहेको भिसा चेक गर्नेछन् ।
त्यसपछि तपाईको नयाँ पासपोर्टमा अर्को पासपोर्टमा भिसा रहेको नोटसहितको छाप लगाउनेछन् ।तपाईले पूरानो पासपोर्टमा रहेको भिसा उप्काएर नयाँमा टाँस्ने प्रयास नगर्नुहोला । यदि तपाई त्यसो गर्नुभएको खण्डमा तपाईको भिसा रद्द हुनेछ ।