शुक्रबार १० चैत्र २०७९

न्युयोर्क- अमेरिकाका एक अनुसन्धानकर्ताले सामाजिक सञ्जालमा पोस्ट भएको त्रिकोणीय दाँतको तस्बिर प्रागैतिहासिक युगको ठूलो सेतो सार्क मेगालोडोनको भएको बताएका छन् । उक्त दाँत भर्खरै फस्फोरस खानीमा फेला परेको थियो ।

रेडिट प्रयोगकर्ताले उक्त फोटो पोस्ट गरेका छन् ।पोष्टमा बुसीविभर १८७ नामक प्रयोगकर्ताले अन्य प्रयोगकर्ताहरूलाई यसलाई पहिचान गर्न आग्रह गरेका छन् । पोस्ट सेयर गर्दै प्रयोगकर्ताले लेखेका छन्, “पहिचान गर्न मद्दत गर्नुहोस् ।“धेरै रेडिट प्रयोगकर्ताहरूले आ—आफ्नै व्याख्या गरे ।

“सुन्दर जीवाश्म देखिन्छ र ठूलो सेतो दाँत हुनको लागि धेरै ठूलो छ । मलाई लाग्छ तपाईंले यहाँ मेगालोडन दाँत पाउनुभयो,“ एक प्रयोगकर्ताले लेखे ।अर्का प्रयोगकर्ताले भने, ‘तपाईँले किन डाउनभोट गर्नुभयो भन्ने कुरा थाहा छैन, म एकदमै पक्का छु कि मेगालोडनको दाँत हो ।

साइजले मात्र मेगालोडनलाई औंल्याउँछ । म विशेषज्ञ त होइन, तर धेरै उत्साही छु’, अर्का प्रयोगकर्ताले लेखेका छन् । न्युजविकका अनुसार जीवाश्मविज्ञ तथा चार्ल्सटन फोसिल एडभेन्चर्सका मालिक एश्बी गेलले उक्त दाँत वास्तवमा मेगालोडनको हो ।

गेलका अनुसार उक्त जीवाश्म ३.६ देखि १५.९ मिलियन वर्ष पुरानो हुन सक्छ ।


Last Updated on: September 25th, 2022 at 12:01 pm

तपाईको प्रतिक्रिया