
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर २ बाट कुलमान घिसिङलाई चुनाव उठाउने तयारी गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको जिम्मेवारीमा रहेका घिसिङ सो जिम्मेवारीबाट अलग भएर चुनावमा होमिन लागेको चर्चा छ । उनी सुरुदेखि नै प्रचण्डसँग निकट मानिन्छन् ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौंमा माओवादीले चमत्कार गर्ने दाहालको अभिव्यक्ति थियो ।
काठमाडौंमा माओवादीको जनाधार कमजोर देखिएको बेला दाहालले लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई पार्टीको उम्मेदवार बनाएर नयाँ इतिहास कोर्न चाहेका छन् ।कुलमान उठ्ने काठमाडौं २ मा स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि उठ्ने चर्चा छ ।
कुलमान उठ्ने भएपछि रवि अहिले तनावमा रहेको बुझिएको छ ।गठबन्धनले कमजोर उम्मेदवार उठाउने र एमालेको पनि हेभीवेट उम्मेदवार नउठ्ने सुईंको पाएपछि रविले सो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् । तर, अब कुलमानले सो क्षेत्रबाट उठ्ने तयारी गरेपछि रविको निन्द्रा हराम भएको छ ।
यो पनि – चितवनका युवा व्यवसायी विजय घले माओवादी केन्द्र प्रवेश गरेका छन् । उनलाई आज (आइतबार) पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन् । घले भरतपुर २१ निवासी हुन् ।
उनिसंगै विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता माओवादी प्रवेश गरेको माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँले काँग्रेस,एमाले र अन्य पार्टीबाट झण्डै ७ सय कार्यकर्ता माओवादी प्रवेश गरेको दाबी गर्नुभयो । सो अवसरमा मुस्लिम समूदायका युवाहरुलाई पनि माओवादी केन्द्रमा प्रवेश गराइएको थियो ।