मंगलबार १३ मंसिर २०७९

कास्कीका पूर्वी ३ गाविसका जनताका घरमा खानेपानी पु¥याउन ४० वर्षअघि थाक खानेपानी आयोजना सुरु भएको थियो । ४० वर्षअघि पञ्चायत कालमै थालिएको त्यो आयोजनामा अहिलेसम्म पौने अर्ब खर्च भइसकेको छ ।

तर जनताका घरमा पानी पुग्न नसकेको अवस्थामा मादी गाउँपालिका वडा नम्बर १ का वडासदस्य खरजंग गुरुङ पाइप चोरी गर्दै गर्दा रंगेहात पक्राउ परेका हुन् । गुरुङ कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए ।उनलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलिले असोज ५ गते राति १२ बजे पक्राउ गरको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए ।

सरकारी लगानीको थाक खानेपानीको पाइप चोरी गरेको आरोपमा उनीसँगै ४ जनालाई पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । गुरुङ नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । चोरी भएको पाइप करिब १४ लाख आसपासको भएको खुलेको छ । यसअघि उक्त ठाउँबाट ४÷५ ट्याक्टर चोरी भएको खुलेको छ ।

खानेपानी आयोजना समितिका एक पदाधिकारीले भने, ‘एक किसिमले खानेपानी आयोजना बेवारिसे अवस्थामा थियो, पाइप मिल्किरहेका थिए । यसरी कति पाइप बेचियो भन्न सकिने अवस्था नै छैन । उनीहरु चाहिँ राति रंगेहात पक्राउ परेका हुन् ।’

अहिले खानेपानी आयोजना समिति, स्थानीय मिलेर सो घटनालाई मिलाउने प्रयासमा छन् । ‘अबबाट यस्तो हुँदैन, क्षतिपूर्ती पनि दिन्छौं भने भने मिलाउन सकिन्छ । सकभर मिलाउने पक्षमा छौं,’ ती पदाधिकारीले भने ।


Last Updated on: September 25th, 2022 at 6:20 pm

तपाईको प्रतिक्रिया