शुक्रबार १० चैत्र २०७९

जिल्ला अदालत मोरङमा दर्ता भएको मुद्दा नम्बर ०७६-सी १-००२२, ०७७-सी १-००५३, काठमाडौं जिल्ला अदालतमा दर्ता भएको ०७८-सी १–०५५१ र जिल्ला अदालत कास्कीमा दर्ता भएको ०७९–सी १–००३० नम्बरका मुद्दा ब’लात्कार सम्बन्धी हुन् ।

पछिल्ला चार वर्षमा यी अदालतमा छुट्टाछुट्टै दर्ता भएका मुद्दाको पीडित भने एकै महिला हुन् ।विराटनगर महानगरपालिका घर भएकी ४० वर्षीया महिलाले आफू पीडित भएको भनेर दर्ता गरेका मुद्दाका प्रतिवादीहरु अर्थात् पीडकहरु सार्वजनिक वृत्तमा धेरथोर नाम बनाएका व्यक्तिहरु छन् ।

यी चारवटा मुद्दाका प्रतिवादीहरुमा बैंकका म्यानेजर, पूर्व प्रहरी, व्यवसायी छन् । मुद्दामा संलग्न कागजातबाट पीडित महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् भन्ने देखिन्छ ।त्यस्तै जिल्ला अदालत मोरङमा अर्काे एउटा मुद्दा जबरजस्ती करणी उद्योगको छ ।

यो मुद्दामा चाहिं माथि उल्लेखित चार वटा बलात्कार मुद्दा दायर गर्ने महिलालाई विपक्षी बनाइएको छ । जबरजस्ती करणी उद्योगको यो मुद्दामा उनले सफाइ पाइसकेकी छन् । कानुनमा कुनै कसुर भइनसकेको तर त्यस्तो कसुर गर्न प्रयास गरेको मामिलालाई ‘उद्योग’ भनिन्छ ।

जिल्ला अदालत मोरङमा पहिलो मुद्दा अमित बास्तोला विरुद्ध जबरजस्ती क’रणीको थियो । मुद्दा नम्बर ०७६–सी १–००२२ मा पीडितको सांकेतिक नाम ‘जहदा त’ हो । अदालतको फैसला पछि एक वर्ष ८ महिना कारागार बसेर २० हजार क्षतिपूर्ति तिरेर बास्तोला छुटिसकेका छन् । उनी विरुद्ध १० साउन २०७६ मा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।

जबरजस्ती क’रणी मुद्दा लाग्दा बास्तोला नेपाल बंगलादेश बैंकको कर्सिया शाखाका म्यानेजर थिए । ११ फागुन २०७७ मा जिल्ला अदालत मोरङले एक वर्ष आठ महिना कैद सजाय हुने फैसला गरेको थियो । बैंकमा ऋण दिने बहानामा पटक-पटक क’रणी गरेको देखिएको फैसलामा उल्लेख छ ।

बास्तोला विरुद्धको करणी मुद्दाको यी पीडित महिला, पूर्व प्रहरी अधिकृत (सई) नयन श्रेष्ठ प्रतिवादी रहेको शरीर ब’न्धक र जबरजस्ती क’रणी मुद्दाको पनि पीडित हुन् । उनले श्रेष्ठ विरुद्ध दायर गरेको शरीर ब’न्धक तथा जबरजस्ती क’रणी मुद्दा जिल्ला अदालत मोरङमा अहिले पनि विचाराधीन छ ।

उनले जबरजस्ती क’रणीको जाहेरी दिएपछि प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले २३ साउन २०७७ मा श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि आरोपी पाँच लाख धरौटीमा छुटेका छन् । श्रेष्ठ माथि जागिरको प्रलोभन देखाएर करणी गरेको आरोप छ ।

जिल्ला अदालत मोरङमा दुई ब’लात्कार मुद्दाकी पीडित यी महिला नै पीडित भएको अर्काे एउटा मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ । ४ कात्तिक २०७८ मा निरज शर्मा र उनकी श्रीमती नितुलाई प्रतिवादी बनाइएको ‘शरीर बन्धक बनाई जबरजस्ती क’रणी’ गरेको मुद्दामा निरज शर्मा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

शर्मा विराटनगर–१७ का बासिन्दा हुन् । उनी काठमाडौंमा औषधिको मार्केटिङ गर्छन् । मुद्दामा उल्लिखित विवरण अनुसार, यी पीडित र पीडक टिकटक मार्फत नजिकिएका थिए ।९ असोज २०७८ मा काठमाडौं महानगरपालिका–३१ कल्याणी चोकमा रहेको डेरामा लगेर शर्माले आफूलाई राति साढे १२ बजे क’रणी गरेको महिलाले दिएको जाहेरीमा उल्लेख छ ।

जग्गा बैंकमा राखेर ऋण निकालिदिने बहानामा काठमाडौंको घरमै बोलाएर ब’न्धक बनाई क’रणी गरेको पीडितको आरोप छ ।शर्माले भने काठमाडौंमा अभर परेपछि श्रीमतीलाई भनेर घरमा एक दिन बस्न दिएको बयान दिएका छन् । सो मुद्दामा शर्मा अहिले पुर्पक्षका लागि थुनामा छन् भने उनकी श्रीमती धरौटीमा छुटेकी छन् ।

जिल्ला अदालत कास्कीमा भर्खरै मात्र २२ असार २०७९ मा माथि उल्लेखित तीन वटा मुद्दामा पीडित महिला नै पीडित भएको अर्को सामूहिक जबरजस्ती क’रणी मुद्दा दर्ता भएको छ ।काठमाडौं टोखा नगरपालिका–८ बस्ने ४० वर्षीय मधुसूदन पाण्डे, सोही स्थान बस्ने ४४ वर्षीय राजु राउत,

चन्द्रागिरि नगरपालिका–१ बस्ने ४४ वर्षीय दिनेशकुमार थापा र सल्यान बागचौर नगरपालिका २ बस्ने ३४ वर्षीय नयन डाँगीले २२ असार २०७९ राति पोखरामा सामूहिक क’रणी गरेको जाहेरीमा उल्लेख छ । आरोपी चारै जना साथीहरु हुन् । पाण्डे र राउतको काठमाडौं गोंगबु बसपार्क नजिकै होटल छ । राउत इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गर्छन् ।

जाहेरी अनुसार, राउतलाई भेट्न काठमाडौं पुगेकी पीडित महिला असार २२ गते नारायणगढ आएपछि चितवनमा रहेका चारै जना फेरि ती महिलासँग पोखरा पुगेको देखिन्छ । पोखराको ‘होटल शारा’को कोठा नम्बर ३०५ र ३०६ मा उनीहरु बसेका थिए ।

कोठा नम्बर ३०६ मा आफू बसेको बेला राति राजु राउत र मधुसूदन पाण्डेले क’रणी गरेको र अन्य दुई जनाले पनि करणी गर्न खोज्दा आफूले नमानेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । सो मुद्दामा राउत र पाण्डे अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन् भने थापा र डाँगी धरौटीमा छुटेका छन् ।

मुद्दाको विवरण अनुसार, पीडित महिला र राजु राउतको टिकटक मार्फत चिनजान भएको थियो । महिलाले विदेश जाने भनेपछि राउतले पठाइदिने आश्वासन दिएका थिए । असार २१ गते महिला काठमाडौं पुगेर सम्पर्क गर्दा राजुले आफू चितवन आएकाले काठमाडौंको भगवती इन होटलमा बस्न भन्दै कोठा बुक गरिदिएका थिए ।

सो दिन होटलमा बसेकी महिला भोलिपल्ट नारायणगढ पुगेकी थिइन् । राजुले आफू आफन्तको विवाहमा सहभागी हुन चितवनमा रहेको र यतै आउनु भनी बोलाएपछि चितवन गएको बयान उनले दिएकी छिन् ।नारायणगढ पुगेपछि सौराहा जाने भन्दै चार जनाले पोखरा पुर्‍याएर सामूहिक क’रणी गरेको महिलाको दाबी छ ।

पोखराबाट उनीहरु असार २३ गते काठमाडौं फर्किएका थिए । काठमाडौं फर्किएर महिला भगवती इन होटलमा नै बसेकी थिइन् ।उनी असार २४ गते होटलबाट निस्किएकी थिइन् । आरोपी मध्येका एक मधुसूदनले पीडित भनिएकी महिलाले कर गरेपछि नारायणगढबाट पोखरा गएको र भोलिपल्ट फर्किएको बयान दिएका छन् ।

यी चारवटै मुद्दाका प्रतिवादीहरुसँग पीडित महिला सामाजिक सञ्जालबाट नजिकिएको देखिन्छ । कतै जग्गा कारोबारका लागि, कतै ऋण लिनका लागि र कतै जागिरका लागि उनीहरु नजिकिएका देखिन्छन् ।चार मुद्दाकी यी पीडित महिलाले बास्तोलाले बैंकबाट ऋण दिने प्रलोभनमा पटक–पटक क’रणी गरेको उल्लेख गरेकी छन् ।

अभियोग पत्रमा उल्लेख भए अनुसार नयन श्रेष्ठसँग जागिरका लागि, शर्मासँग जग्गा धितोमा राखेर ऋण लिनका लागि र काठमाडौंका चार जनासँग विदेश जान भनेर उनको सम्पर्क भएको विवरणहरुबाट देखिन्छ ।यी पीडित महिला र सुनसरी देवानगञ्ज–६ का ३० वर्षीय सन्तोष मेहतालाई विपक्षी बनाएर १० माघ २०७५ मा जबरजस्ती क’रणी उद्योगमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

इटहरीकी एक किशोरीलाई विराटनगरस्थित ती महिलाको घरमा बोलाएर क’रणी गर्न खोजेको भनेर ती किशोरीले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएकी थिइन् । सो मुद्दामा तत्कालीन जिल्ला न्यायाधीश राजुकुमार खतिवडाको इजलासले दुवै आरोपीलाई सफाइ दिएर घटना यौन दुर्व्यवहारमा परिणत हुने ठहर गरेको थियो ।

अदालतको फैसलामा पीडितलाई फैसला भएको मितिले दुई महिना भित्र यौ’न दुर्व्यहार मुद्दा सकार गर्न म्याद जारी गर्ने र पीडित उपस्थित भएर मुद्दा सकार (स्वीकार) गरे यौ’न दुर्व्यवहार मुद्दा चलाउने आदेश भएको थियो । तर पीडित अदालतले दिएको म्याद भित्र मुद्दा सकार गर्न गइनन् ।


Last Updated on: September 25th, 2022 at 8:23 pm

तपाईको प्रतिक्रिया