Ultimate magazine theme for WordPress.

विप्लव’ स’मूहसँग वार्ता गर्दै सरकार

253

काठमाडाैं, २० माघ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्र’तिबन्धित दलसँग वार्ताको प्रक्रिया अघि बढाउन तयारी थालेको छ ।नेकपाभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव स’मूहलाई शा’न्तिपूर्ण राजनीतिको मूल धा’रमा ल्याउन भन्दै वार्ताको प्रक्रिया अघि बढाउन सकारात्मक बनेका हुन् ।प्रधानमन्त्री ओली सकारात्मक भएपछि सरकारी पक्षले विप्लव पक्षसँग वार्ताको प्रयासबारे सूचना पुर्‍याइसकेको छ ।

त्यसका लागि सरकारले आफूनिकट विभिन्न स’मूहलाई प’रिचालनसमेत गरेको बुझिएको छ । सरकारले छिट्टै वार्ता समिति बनाउने पनि तयारी गरेको छ ।स्रोतका अनुसार, सरकारले विप्लव स’मूहमाथि लगाएको प्र’तिवन्धसमेत फु’कुवाको तयारी गरिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएकाे छ ।