Ultimate magazine theme for WordPress.

विपन्न परिवारका महिलालाई बाख्रापलनका लागि अनुदान

290

कञ्चनपुर । विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घ’रेलु हिं’सा न्यू’नीकरणमा स’घाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ ।नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो । तालिममा सहभागी भएका महिलालाई रु तीन हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ ।

आधा रकम नगरपालिकाको महिला शाखाले र आधा रकम तालिममा सहभागी महिलाले बाख्रापालनका लागि व्य’होर्ने सहमति गरिएको छ ।“महिला आर्थिकरूपमा सक्षम भए घ’रेलु हिं’साका घ’टना कम हुन्छन्”, नगरपालिकाको महिला शाखाका प्रमुख कमला जोशीले भन्नुभयो, “महिलालाई आर्थिकरूपमा स’क्षम बनाउनकै लागि सातदिने तालिमसँगै अनुदान रकम उपलब्ध गराएका छौँ”, नगरपालिकाको दुवै वडाका २५-२५ महिलालाई छुट्टाछुट्टैरूपमा तालिम प्र’दान गरिएको उहाँले बताउनुभयो ।

घ’रेलु हिं’सा न्यूनीकरणमा स’घाउ पुर्याउनुका साथै महिलाको सामाजिक, आर्थिक अवस्था सुदृढ गर्ने, बचत बढाउनका लागि सीप क्षमताको विकास गर्ने र उत्पादनशील क्षेत्रमा पूँजी परिचालन गर्नका लागि उ’त्प्रेरित गर्न तालिमसँगै अनुदान रकम दिइएको उहाँको भनाइ छ । नगरपालिकाको महिला शाखाले ग’ठन गरेका महिला विकास समिति, संस्था र स’मूहमा आवद्ध महिलाले अनुदान रकम पाएका छन् ।पशु शाखाका पशु विकास अधिकृत रामदत्त भट्टले सातदिने तालिमका क्रममा महिलालाई उन्नत बाख्रपालनसँगै खो’र सुधारबारे जानकारी दिइएको बताउनुभयो ।

“व्यवसाय प्र’वद्र्धन गर्नका लागि आवश्यक पर्ने सीपसमेत महिलालाई सि’काएका छौँ”, उहाँले भन्नुभयो, “बाख्रापलनमा सं’लग्न हुने महिलालाई आहार व्यवस्थापनबारे समेत जानकारी दिइएको छ ।”“हाडनाताबाट जन्मने बाख्रा ख्या’उटे हुने, ग’र्भ तु’हिने र वृद्धि विकाससमेत कम हुने भएकाले क्र’स ब्रि’डिङ गराउनुपर्ने कुरा सिकाएका छौँ”, उहाँले भन्नुभयो, “सन्तुलित घाँस व्यवस्थापन गर्नका लागि डा’लेघाँस, को’शे–अकोशे जातका घाँस लगाउनुपर्ने र सन्तुलित दाना बाख्रलाई खुवाउनुपर्ने कुरा तालिमका क्रममा बताएका छौँ ।” दुवै वडाका महिलालाई रु एक लाख ५० हजार रकम अनुदानका रूपमा दिइएको छ ।