Ultimate magazine theme for WordPress.

टिकटक पार्कमा आउन थाले पर्यटक

387

तनहुँ । तनहुँको व्यास नगरपालिका १० परेवाडाँडामा निर्माण गरिएको पिजन हिल टिकटक पार्क पर्यटकको रोजाईमा पर्न थालेको छ । पार्क हेर्न र टिकटिक बनाउनेको भीड बढ्न थालेपछि पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।पार्कभित्र चिल्ड्रेन फनपार्क, टिकटक ब्रिज, आकर्षक शिवको मूर्ति, गुफा आकारको कफी हाउस, परेवाको मूर्ति, लठ्ठे पिङ निर्माण गरिएको छ । व्यक्तिगत लगानीमा नै हालै पार्क निर्माण गरिएको हो । पार्क निर्माणको लागि ८० लाख रुपैयाँको लगानी गरिएको सञ्चालक विवेक सापकोटाले जानकारी दिनुभयो ।

‘‘युवायुवतीहरुको टिकटक प्रति मोह बढ्दै गएकोले लोभ्याउन लागि पार्क निर्माण गरेको पर्यटक बढेपछि उत्साह जागेको सापकोटाले बताउनुभयो । दैनिक २ सय भन्दा बढी पर्यटकहरु आउने गरेको सापाकोटाले जानकारी दिनुभयो । पर्यटकको रोजाईमा पर्दै गएकोले सोही पार्क वरपरको क्षेत्रमा स्वीमिङ पुल, पिकनिक स्पोर्ट, स्काइ साइक्लिनिङ निर्माण गरिने सापकोटाले बताउनुभयो ।पार्कको व्यास नगरपालिका वडा नं. १० का अध्यक्ष तुलसीराम सापकोटाले हालै उद्घाटन गर्नु भएको छ । वडाअध्यक्ष सापकोटाले साहसिक लठ्ठे पिङ खेलेर पार्कको शुभारम्भ गर्नु भयो ।

उक्त टिकटक पार्क निर्माण भएपछि आन्तरिक एवं बाह्य पर्यटकको प्रबद्र्धनमा टेवा मिल्ने अध्यक्ष सापकोटाले विश्वास व्यक्त गर्नुभयो ।‘‘यस क्षेत्रको व्यापार व्यवसाय प्रबद्र्धनका साथै व्यास नगरपालिकाको पहिचानमा थप गर्न मद्धत गरेको छ’’ अध्यक्ष सापकोटाले भन्नुभयो । युवा व्यवसायीद्वारा सञ्चालित टिकटक पार्कले स्थानीयहरुलाई रोजगारी दिन र आयआर्जनका अवसरहरु सिर्जना गर्न समेत सहयोग पुग्ने विश्वास वडाध्यक्ष सापकोटाले लिनुभयो । व्यवसायी सापकोटाले पिजन हिल होटल सञ्चालन गर्नु भएको छ । टिकटक पार्कमा सोचे भन्दा बढी पर्यटक आउन थालेकोले व्यावसायमा वृद्धिभएको सापकाटाले बताउनुभयो ।