शुक्रबार १० चैत्र २०७९

भारतको राजधानी दिल्लीमा एक महिलाले क्लब र बारका बाउन्सरमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।बारमा प्रवेश गर्ने विषयमा विवाद हुँदा आफू र साथीहरूलाई बाउन्सरले धकेलेको दाबी महिलाले गरेकी थिइन् । बाउन्सरहरूले लुगा च्यातेर आफूमाथि दुर्व्यवहार गरेको उनको आरोप थियो ।

उनले आफूलाई ब’लात्कार प्रयास गरेको अभियोग समेत लगाएकी थिइन् ।दिल्लीको दक्षिण एक्सटेन्सन भाग १ मा रहेको कोड नामको बारमा भएको यो घटनामा प्रहरीले एफआइआर दर्ता समेत गरेको थियो । तर, अहिले यो घटनासँग सम्बन्धित सीसीटीभी फुटेज सार्वजनिक भएको छ, जसमा ती महिलालाई हल्ला मच्चाइरहेको अवस्थामा देखिन्छ ।

उनी बाउन्सरहरूसँग रिसाउँछिन्, टेबल पनि फ्याँकेको भिडियो बाहिर आएको छ । उनको हिँडडुल गर्ने तरिकाले उनले मा’दक पदार्थ सेवन गरेको देखाउँछ ।उक्त भिडियोबारे महिलाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । प्रहरीका अनुसार १८ सेप्टेम्बरका दिन राति करिब २स्१४ बजे घटना भएको थियो, जब महिलाको फोन प्रहरीकहाँ आएको थियो ।

प्रहरी घटनास्थल पुग्दा महिलाको लुगा च्यातिएको थियो । महिलाले दुई बाउन्सर र बारका म्यानेजरले आफ्नो लुगा च्यातेको दाबी गरेकी थिइन् । ती महिलाले प्रहरीसँग आफूमाथि कुटपिट गरिएको र अनुचित ढंगले छोएको पनि भनेकी थिइन् ।त्यसपछि महिलालाई उपचारका लागि एम्सको ट्रमा सेन्टरमा लगियो ।

प्रहरीले अहिले उक्त घटनाको अनुसन्धानका लागि सीसीटीभी क्यामेराको फुटेज जाँच गरिरहेको छ । साथै, हाल फरार रहेका बाउन्सरहरुको पनि खोजी हुँदैछ ।प्रहरीका अनुसार यसअघि सन् २०१९ मा कोड बारमा निरीक्षणका लागि पुगेका अन्तस्शुल्क विभागका अधिकारीमाथि नराम्रो व्यवहार गरिएको थियो ।

बारका मालिक, उनका छोरा र कर्मचारीले कैयौँ घण्टासम्म अधिकारीहरुलाई बन्दी बनाएर राखेका थिए । त्यसपछि कुटपिट पनि गरियो । त्यस सम्बन्धमा सबै विरुद्ध मुद्दा दर्ता भएको थियो ।दिल्लीको छेउमा रहेको गुरुग्राममा ७ र ८ अगस्टको मध्यरातमा कासा डान्जा क्लब बाहिर केही बाउन्सरहरूले केटीलाई कुटपिट गरेका थिए ।

युवतीका साथीहरूले विरोध गरेपछि बाउन्सरले सबैलाई सडकमा लगेर लाठीले कु’टपिट गरेका हुन् ।नोएडामा अस्पतालका बाउन्सरले युवकमाथि सरियाले आ’क्रमण गरेका थिए । सो घटनाको सीसीटीभी फुटेज बाहिर आयो ।

भिडियोमा एउटा कारको छेउमा दुई युवक रोकिएको देख्न सकिन्छ । एक युवक बाटोमा उभिएर फोनमा कुरा गर्न थाल्छन् । केही बेरपछि बाउन्सर हातमा सरिया लिएर आउँछन् र ढाडमा प्रहार गर्छन् ।


Last Updated on: September 25th, 2022 at 11:50 pm

तपाईको प्रतिक्रिया