मंगलबार १३ मंसिर २०७९

काफल स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिके फाइदा जनक मानिन्छ । काफल एक लोकप्रिय पहाडी फल हो । काफलको आकार सानो सानो रातो हुन्छ । प्राय धेरै मानिसले काफल मन पराउछन् ।यो फल गर्मी याममा पहाडका वन पाखाहरूमा पाइन्छ ।

यसको स्वादमा अमिलो र मिठो दुबैको मिश्रण हुन्छ। काफल काँचोमा हरियो रङ्को हुन्छ भने काफल पाकी सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ ।पहाडका मानिसहरू गर्मी याममा काफलको रूखमा चढेर काफल खाने गर्दछन् ।

काफललाई हामीले फलको रुपमा मात्र प्रयोग गर्ने गरेका छौ।तर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । काफल खादा विभिन्न फाइदाहरु हुन्छन् । काफलको बोक्राको काढा तिलको तेलमा पकाई तेल मात्र रहेपछी चीसो पारेर दुई तीन थोपा तेल कानमा चुहाए कर्णशुल र पीप बग्ने तथा बहिरो हुन खोजेको पनि निको हुन्छ ।

काफलको बोक्रा पिसेर त्यही धूलोले दाँत माझ्ने गर्ने गरे दाँतको पिडा शान्त हुन्छ । काफल खानाले खोकी, दम, हृदय रोग, अपच र अरूचीमा पनि लाभ गर्दछ । घाऊ(चोटमा बिग्रेको र चाँडै निको नहुने घाउमाकाफलको बोक्राको धूलो छरिदिए र त्यसैको काढा पकाएर प्रतिदिन धोईदियो भने निको हुन्छ ।

काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि आराम हुन्छ ।


Last Updated on: September 26th, 2022 at 11:19 pm

तपाईको प्रतिक्रिया