
काठमाडौं । पुर्व माओबादी केन्द्रका नेता तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’यो निर्वाचन नलड्ने भएका छन्। २०६२र६३ सालको जनआन्दोलनका मुख्य कमाण्डर बादल माओबादी केन्द्रका वरिष्ठ नेता थिए।
उनी नेकपा एमाले र माओबादी एकतापछि बनेको नेकपा सरकारको गृहमन्त्री बने। माओबादी केन्द्रका अन्य नेताहरु पनि गृहमन्त्रीको दावेदार थिए। बर्षमान पुन मुख्य दावेदार थिए। तर प्रचण्डले बादललाई नै गृहमन्त्री बनाए। बादललाई प्रचण्डका मित पनि बन्ने गरिन्छ।
माओबादी शान्ति सम्झौतामा आएपछि माओबादी फुटाएर मोहन बैधसंग लागेका बादल पछि पम्फा भुसाल, देव गुरुङलगायत नेताहरुलाई लिएर माओबादी फर्किए। त्यसपछि माओबादी केन्द्र बन्यो। त्यसको वरिष्ठ नेता बने बादल। बादलले नेकपा सरकार हुँदा गृहमन्त्रीको लोभमा लागेर माओबादी छाडे।
तर त्यसको परिणाम अर्थात् घाटा भने अब यो निर्वाचनमा हुनेछ। माओबादी केन्द्रको कोटाबाट राष्ट्रियसभा सदस्य बनेका बादल माओबादी छाडेपछि पार्टीले सांसद पद खोस्यो। त्यसपछि उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बने। तर उनी पराजित भए।
त्यसपछि बादलको राजनीति उरालो लागेको भन्दा फरक नपर्ला। उनी यो पटक पनि निर्वाचन नलड्ने भएका छन्। उनका श्रीमती नैनकलालाई समानुपातिकमा राखे।बादलको निर्वाचन क्षेत्र चितवन-२ हो।
तर बादललाई सो क्षेत्रबाट एमालेकै कार्यकर्ताहरुले नेता मान्दैनन। त्यसैले गर्दा पनि उनी निर्वाचन नलड्ने भएका छन्। उनको राजनीति अब सकिएको भन्दा फरक नपर्ला।