शुक्रबार १० चैत्र २०७९

आफ्नै १९ वर्षीय सालीलाई जबरजस्ती क’रणी गरेको आरोपमा रामेछापका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकाँस्थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाइट बस्दै आएका ३९ वर्षीय जयन्त थापा हुन् ।

उनलाई गत मंगलबार भक्तपुर प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव निरीक्षक टेकप्रसाद राई जानकारी दिए । गत भदौ २१ गते बलात्कृत भएको खबर अहिले बाहिरिएको छ ।स्रोतका अनुसार थापा आफ्नै सालीलाई जबरजस्ती क’रणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

नाता पर्ने ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घरको कोठामा जबरजस्ती क’रणी गरी फरार भएका थापालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जाएको छ । बलात्कारपछि उनी फरार भएको किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले उमाकुण्डका नेता एवं युवा संघका केन्द्रीय सदस्य समेत रहेका थापाका दुई सन्तान रहेका छन् । घटनाबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि – खाँडादेवी गाउँपालिका–३ भिरपानी स्थित सित्खामा गत आइतवार वि’भत्स ढंगले ५५ बर्षीय बिबी माझीको ह’त्या गरिएको आरोपमा पक्राउ परेका २३ जनाले हिरासतमै कामेर हैरान बनाएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले घटनाको विषयमा सोधपुछ गर्नको लागि पक्राउ परेकाहरु आइतवार साँझ र सोमवार दिउसोसम्म नै कामेका थिए ।

पक्राउ परेका मध्ये ११ जनालाई प्रहरीले पछि पुनः आउने शर्तमा रिहा गरेको छ भने बाँकी १२ जनालाई भने हिरासतमै राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । एक प्रहरी अधिकृतले भने,‘पक्राउ परेकाहरु पितृ आए भन्दै सुरुको दिनमा कामेका थिए, अहिले कामने क्रम रोकिएको छ, हामी अनुसन्धान गरिरहेका छौं ।

बयानको क्रममा माझीको आफूहरुले नभई पितृले मारेको जवाफ दिएका छन् । प्रहरीले भने अन्धविश्वासको कारण बृद्धाको मृ’त्यु भएकाले घटनामा संलग्न सबैलाई कारवाही हुने जनाएको ।यसैबीच घटनामा परी घाइते भएकी बिबी माझीकी आमाको भने मन्थली अस्पतालमा भइरहेको छ ।

उनको अवस्था सुधार भइरहेको प्रहरील बताएको छ । उनको अवस्था सुधार भएपछि घर फर्कनसक्ने अवस्था नरहेकाले प्रहरीले खाँडादेवी गाउँपालिकासँग उनको बसोबासको लागि आग्रह गरेको छ ।


Last Updated on: September 28th, 2022 at 4:40 pm

तपाईको प्रतिक्रिया