शुक्रबार १० चैत्र २०७९

अमेरिकाको भर्जिनिया राज्यको अलेक्जान्ड्रियाका अली एम घेमीले एउटै अंकमा २०० पटक चिट्ठा खेले पछि १० लाख डलर जितेका छन् ।उनले ४ वटा अंक भएको चिट्ठा खेलमा एउटै अंकमा २०० पटक खेल्दा १ मिलियन ( १० लाख )डलर अर्थात् झन्डै १३ करोड नेपाली रुपैया पुरस्कार जितेका थिए।

सेवानिवृत्त घर जग्गा लगानीकर्ता घेमीले गत सेप्टेम्बर ६ का दिन ०-२-६-५ को समान चार अंक भएको चिट्ठा २०० पटक किनेका थिए ,जुन उनको जन्म ,महिना र वर्ष हो। सबै चार अङ्कहरू सही रूपमा मिल्ने मौका १० हजार पटकमा एक पटक हुन् सक्छ भनि एनबिसिवाशिंगटनले समाचारमा जनाएको छ ।

घेमीले भर्जिनियाको म्याक्लिनको सेफवेमा चिट्ठा किनेका थिए। भर्जिनिया चिट्ठाबाट मुनाफा भएको रकम भर्जिनियाको शिशु कक्षा देखि १२ कक्षा सम्मको शिक्षामा जान्छ। आर्थिक वर्ष २०२२ मा चिट्ठाबाट करिव ७७९ मिलियन डलर भन्दा ज्यादा रकम उठाएको थियो जुन भर्जिनियाको कुल के देखि १२ कक्षाको आर्थिक बजेटको लगभग १० % हो।

यो पनि -डिसी महानगर क्षेत्रमा स्थापित तमु धी भर्जिनियाले देउसी-भैलो कार्यक्रम गर्ने भएको छ । आगामी अक्टोबर २३ आइतबारका दिन भर्जिनियाको आशबर्न शहरमा देउसी भैलो खेल्ने जनाएको छ ।उक्त कार्यक्रम साँझ ५ बजे देखि सुरु हुने छ । संस्थाका अध्यक्ष नन्द कुमार गुरुङले सबैलाई सहभागी हुन् आह्वान गरेका छन् ।

उक्त कार्यक्रममा नि:शुल्क हुने हुनाले सपरिवार सहित आउन अध्यक्ष गुरुङले ईनेप्लिज मार्फत निम्तो दिएका छन् ।हाम्रो पैतृक सम्पत्ति ,हाम्रो भाषा र संस्कृति नारा सहित स्थापित भएको संस्थाले बिगतमा पनि देउसी भैलो कार्यक्रम भव्यताको साथ मनाई सकेको छ ।


Last Updated on: September 28th, 2022 at 5:10 pm

तपाईको प्रतिक्रिया