
नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्र एउटा इन्जिन बिग्रिएको जहाज जस्तो भएको बताएका छन् । महांसघले आयोजना गरेको नेपालको वैदेशिक ब्यापारको सम्भावना र चुनौती विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष गोल्छाले अर्थतन्त्र एउटा इन्जिन बिग्रिएको जहाज जस्तो भएको र एउटा इन्जिन बिग्रेको जहाज जुनसुकै बेला दुर्घटना हुन सक्ने बताए । उनले विश्व व्यापार संगठनको सदस्यको रुपमा नेपालले लाभ लिन नसकेको बताए ।
उनले भने ‘बाह्य क्षेत्र असन्तुलन छ, १८ वर्ष अघि विश्व व्यापार संगठनको सदस्य बन्दा हर्षित थियौँ, तर १८ वर्षमा निर्यात घटेर आयात आकाशियो , भ्यालु एडिशन नभएका र नहुने उत्पादन निर्यातको खासै अर्थ हुँदैन, विश्व व्यापार संगठनको महत्त्व हामीले बुझेनौँ,’ ।
उनले विश्व व्यापार संगठनको सदस्य बनेर महत्त्व बुझेर फाइदा लिने मुलुक चीन र बंगलादेश मात्रै रहेको दाबी गरे । चीन हब बनेको र बंगलादेशले औसधि र गार्मेन्ट समाएको उनले बताए । तर नेपालले भने विश्व बजारमा खुब रुचाईने नेपाली गार्मेन्ट र पश्मिना पनि गुमाएको उनले उल्लेख गरे ।
विश्व व्यापार संगठनको सदस्य बन्दा १८ वर्ष अगाडि नेपालको व्यापार घाटा ८२ अर्ब रहेकोमा अहिले १७ खर्ब नाघेको आंकंडा उनले प्रस्तुत गरे ।