Ultimate magazine theme for WordPress.

चुनावको आ’चारसंहिताबारे आज दलहरुसंग निर्वाचन आयोगले छलफल गर्ने

144

काठमाडौँ ।चु’नावको आ’चारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले आज छलफल गर्दैछ। बिहान ११ बजे आ’चारसंहिताको म’स्यौदाबारे छलफल गर्न दलका प्रतिनिधिहरुलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी बताए ।उनका अनुसार आयोगले निर्वाचन आ’चारसंहिताको म’स्यौदा तयार पारिसकेको छ। आ’चारसंहिताको म’स्यौदामा राय परामर्श लिनका लागि दलहरुलाई छलफलमा बोलाइएको श्रेष्ठले बताए।

दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आ’चारसंहिता सार्वजनिक गरिने आयोगले जनाएको छ। सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घो’षणा गरेको छ। तर प्रतिनिधिसभा विघटन अ’संवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड–माधव खेमा संसद पु’नर्स्थापनाका लागि संघर्षमा छ। यो पक्षले संविधान मिचेर गरिएको निर्वाचन पनि अ’संवैधानिक नै हुने बताइरहेको छ।