Ultimate magazine theme for WordPress.

मृ’त्युको मुखमा पुगेकी सु’त्केरीले नयाँ जीवन पाइन्

237

म्याग्दी ।माघ २९ गते बिहीबार राति ९ः२९ मा सु’त्केरी भएकी म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङकी मनकुमारी विजश्वकर्माको समयमै सा’ल नि’स्किएन ।चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अ’ड्किनुका साथै उनलाई र’त्तस्राव पनि भइरहेको थियो । अ’ड्किएको सा’ल र र’क्तस्रावले मनकुमारी वि’क्षिप्त थिइन् ।पच्चीस वर्षीया विक सुत्केरी भएको मल्कवाङ स्वास्थ्यचौकीबाट राति १ः०० बजे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साललाई स’मस्याको जानकारी भयो ।

लम्सालले तत्कालै मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक प्रशान्तसागर यादवलाई फोन गरेर मल्कवाङ जान आग्रह गरे ।चिकित्सक र स्वास्थ्यकर्मी तयार भए तर राति भएकाले सवारी साधन पाएनन् । केन्द्रमा सवारी साधनको सुविधा छैन । धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले मालिकाका उपाध्यक्ष खरमाया बिटालुसँग समन्वय गरेर तत्कालै गाडीको व्यवस्थापन गरिदिए ।बीच बाटोमा पर्ने मराङमा मर्मत भइरहेको सडक अ’वरुद्ध थियो । अध्यक्ष पुनले राति नै मराङका वडाध्यक्ष राजाराम सुवेदी र स्थानीय युवा ईश्वर सुवेदीलाई फोन गरेर राति नै सडक अ’वरोध ह’टाउन लगाए ।

मल्कवाङ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले १०ः०० बजे नै सि’फारिस गरे पनि मनकुमारीका श्रीमान् र परिवारका सदस्यले सामान्यरूपमा लिएर धामी झाँ’क्री गर्नतर्फ लागेका थिए ।स्वास्थ्यचौकीका प्रमुख लेखनाथ गौतम र स्वास्थ्यकर्मी जगदेवी छन्त्यालले सम्झाइबुझाई गरेपछि उनीहरु मनकुमारीलाई दरवाङ लैजान तयार भए । मनकुमारीलाई मल्कवाङबाट मराङ स्वा’स्थ्यचौकीमा ल्याउने र चिकित्सक पनि दरवाङबाट मराङ पुग्ने योजना बनाएर दुवै टोली गाडीमा हु’इँकिए ।बिहान साढे ४ बजे मराङ स्वास्थ्यचौकीमा मनकुमारी र दरवाङबाट गएको स्वास्थ्यकर्मीको टोलीको भेट भयो ।

“बाटोमा जहाँ भेट हुन्छ त्यहीँ उपचार गर्ने योजनासहित औजार, उपकरण तयार पारेर हिँडेका थियौँ ।हामीले भेट्दा उहाँको अवस्था ठिक थिएन”, चिकित्सक यादवले भने, “बिहान ५ः२७ मा अड्किएको साल निकालेर औ’षधि दिएपछि उनको स्वास्थ्यमा सुधार आयो ।”यादवको साथमा अनमी भीमा पुन, दीपा परियार र कार्यालय सहयोगी सम्मप्रसाद सुवेदीको टोली मनकुमारीको उपचारमा ख’टिएका थिए । शुक्रबार बिहान ७ः०० बजे मनकुमारीलाई दरवाङ ल्याइएको थियो ।स्वास्थ्यमा सुधार आएपछि शुक्रबार साँझ नै सिफारिस गरिएको अहेव यमन नेपालीले बताए ।

आमा र बच्चाको अवस्था खतरामुक्त र सामान्य छ । मनकुमारीले नयाँ जीवन पाएको प्रतिक्रिया दिएका छन् ।“आठ घण्टासम्म छ’टपटी र पी’डा भयो”, उनले भने, “मैले नयाँ जीवन पाएको महसुस गरेकी छु ।” बिहीबार उहाँले जन्माउनुभएका बच्चा पाँचौँ सन्तान हुन् । यसअघि उहाँले जन्माएका चारमध्ये दुई मात्र जी’वित छन् ।गत वर्ष प्रसूति केन्द्र स्थापना भए पनि त्यहाँ प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नभएका कारण अ’ड्किएको साल नि’काल्न नसकिएको हो । ग’र्भ रहेको नौ महिनामा उनले सामान्य हिसाबले नै बच्चा जन्माएकी थिइन् ।

साल ननिस्कने समस्यालाई चिकित्सक भाषामा रिटेण्ड पे’लेसेन्ट र र’क्तस्रवलाई पोष्ट पा’र्टयुम हो’मोरेन्ज भनिन्छ । अ’ड्किएको सालले पा’ठेघरमा इ’न्फेक्सन गर्ने, र’गत ज’म्ने, सा’स फे’र्न गा’ह्रो हुने र अन्तमा ज्यानै जानसक्ने ख’तरा हुन्छ ।जुन ख’तरापूर्ण अवस्थालाई मनकुमारीले जि’तेर नयाँ जीवन पाएकी हुन् ।मल्कवाङ स्वा’स्थ्यचौकीका स्वा’स्थ्यकर्मीलाई प्र’सूति तालिमको व्यवस्थाका साथै मा’तृशिशु स्वास्थ्यका विषयमा स’चेतनामूलक कार्यक्रम च’लाउने गाउँपालिकाका अध्यक्ष पुनले बताए।(रासस)