मंगलबार १३ मंसिर २०७९

काठमाडौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया रोजगारको लागि सम्झौताको तयारी भईरहेको जनाएको छ । त्यसो त रोमानिया मात्र नभई युरोपका अन्य देशसँग श्रम सम्झौताको प्रयासमा मन्त्रालय जुटेको छ ।

सरकारले युरोपका देशहरुसँग श्रम सम्झौता गर्दा जिटूजी मोडलबाटै कामदार पठाउने गरि सम्झौता गर्ने जनाएको छ । हालसम्म सरकारले जिटूजी मोडलबाट कोरिया, इजरायल, जापान र बेलायतसँग समझदारी गरेको छ ।पछिल्लो समय ठूलो संख्यामा स्वास्थ्य सेवाको लागि जनशक्ति पठाउन बेलायतसँग सम्झौता गरेको थियो ।

त्यस्तै सम्झौता अब रोमानियासँग हुने तयारी भएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।हालसालै मात्र सरकारले रोमानिया रोजगारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा तीन महिनाका लागि अस्थायी रोमानियन मिसन खडा गरेको अवस्था छ ।

रोमानिया रोजगारको लागि यो कार्यालय नेपालमै स्थापना भएपछि रोमानिया रोजगारको भिसा प्रक्रिया सहज भएको छ । यस अघि रोमानिया रोजगारको भिसा प्रक्रियाको लागि भारतसम्म जानुपर्ने बाध्यता हटेको छ ।

सरकारी तयारी अनुसार दशैं अघिनै रोमानियासँग श्रम सम्झौता हुने तयारी भए अनुसार जिटूजि मोडलबाटै रोमानिया जान सक्ने गरि सम्झौता भएमा त्यसका लागि आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले जिटूजी मोडलबाटै रोमानियासँग सम्झौता गर्न सके हाल रोमानिया रोजगारको लागि कम्तिमा ५ देखि ८ लाखसम्म लिने बेथितिको समेत अन्त्य हुने बताइएको छ ।

रोमानियाको राजधानी र सबैभन्दा ठूलो सहर बुखारेस्ट हो । रोमानियामा आधिकारिक रुपमा रोमानियन भाषा बोलिन्छ । यहाँ झन्डै ९० प्रतिशत रोमानियनहरु, ६ प्रतिशत हङ्गेरीयनहरु, ३ प्रतिशत रोमानीहरु र १ प्रतिशत अन्यको बसोबास छ । यहाँको साशन प्रणाली एकात्मक राष्ट्रपति प्रणालीमा आधारित छ ।

क्षेत्रफलको हिसावले रोमानिया नेपालभन्दा ठूलो छ । जसको क्षेत्रफल २ लाख ३८ हजार ३९७ बर्ग किमी रहेको छ । यहाँको नागरिकको प्रति व्यक्ति आय झन्डै ३० हजार अमेरिकी डलर रहेको छ ।

रोमानिया, मानव विकास सूचकाङ्कमा ५२औं स्थानमा रहेको छ र एउटा उच्च आय भएको अर्थव्यवस्था रहेको विकासशील देश हो ।एउटा निर्माता र मेसिनको शुद्ध निर्यातक, अटोमोबाइल एनर्जी र ओएमभि पेट्रोमजस्तो कम्पनीहरु यहाँ रहेका छन् ।


Last Updated on: September 28th, 2022 at 10:28 pm

तपाईको प्रतिक्रिया