शुक्रबार १० चैत्र २०७९

बेल्जियम —स्वीडेनमा सञ्चालन भयको एन आर एन युरोपेली सम्मेलनमा एन आर एन बेल्जियमका पूर्व अध्यक्ष चित्र सुबेदी मञ्चमा बोलिरहँदा सबै मौन देखिन्थे । उनका कुरा सुनेर कतिपय भावुक पनि बनेका थिय।

सुवेदीले बोल्दै गर्दा पछाडि पट्टी एकजना अधबैँसे व्यक्तिको फोटो पनि देखियो।चित्रले जब उनका बारेमा सबै बताउँदै गए तब मञ्चमा बसेर सुनेकी एन आर एन बेल्जियम की सचिव सावित्रा गिरीले आफूलाई थाम्न सकिनन्। उनलाई असहय पीडा भयाे।एका एक उनको आँखा बाट आँसु खसिरहे,बोलीमा पीडा मिसिएर आयो।

नआओस् पनि किन्? विगत ५ वर्ष अघि जिवनसंगी कमल भारतीले घर छोडेर हिँडेपछि सुरुका धेरै दिन साबित्राकाआँखा ओभायनन्। धेरै रातहरु आँखा झिमिक्क नगरी बिते। खोजीका लागि धेरै ठाउँ प्रयास गरिन् ।प्रहरीकोमा पनि गइन्। तर सबै प्रयास असफल नै रहे।

अन्तत एन आर एन ए मा आफ्नो दुखेसो पोखिन् र आफ्ना श्रीमान् खोजी गरिदिन सबैलाई आग्रह गरिन्। सावित्रा ले सुरुमा आफैं मञ्चमा गएर आग्रह गर्ने योजना मा थिइन् तर सकिनन्। पछि चित्रले उनको अपील लाई सबै समक्ष पढेर सुनाए।

यो पनि – जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ । जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।

राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन (३० हजार ६ सय १३ डलर) थियो ।जुन सन् २०२० को तुलनामा २.४ प्रतिशतले बढी हो ।सन् २०२१ मा पुरुषको औसत तलब ५४ लाख ५० हजार येन (३७ हजार ६ सय ६१ डलर) थियो ।

सन् २००२ यताकै उच्च हो तर सन् १९९७ मा ५७ लाख ७० हजार येन (३९ हजार ८ सय ७२ डलर) भन्दा कम हो ।जापानमा पुरुषको तुलनामा महिलालाई ४५ प्रतिशत कम तलब दिइएको छ ।


Last Updated on: September 28th, 2022 at 11:24 pm

तपाईको प्रतिक्रिया