Ultimate magazine theme for WordPress.

प्रधानन्यायाधीशको प्रश्न- यो केपी ओलीको सरकार कि नेकपाको ?

240

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अहिले सरकार केपी ओलीको कि नेकपाको भन्दै प्रश्न गरेका छन् । सर्वोच्च अदालतको सं’वैधानिक इ’जलासमा नि’वेदकको पक्षबाट ज’वाफी ब’हस गरिरहेका अधिवक्ता दीनमणि पोख्रेललाई प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न गरेका हुन् । जवाफमा पोख्रेलले यो नेकपाकै सरकार भएको बताए । त्यसपछि इ’जलासबाट ७६ (१) को सरकारको विकल्पमा अर्को सरकार सं’सद्‌बाट बन्ने अवस्थाबारे प्रश्न गरिएको थियो ।

अधिवक्ता पोख्रेलले अदालतले संसद्‌बाट सरकार बन्ने अवस्था हेर्ने विषय नभएको र संसद्‌ले निर्णय गर्ने विषय भएको बताए ।”श्रीमान्‌हरू अवस्था हेरिरहनुभएको छ । त्यो हामीले चि’न्ता गर्ने विषय होइन । संसद्‌लाई निर्णय गर्न दिऊ,” उनले भने, “संविधानले अवस्था कल्पना दिएन श्रीमान् । यो संविधानले प्र’क्रियाबाट सरकार आउँदैन भन्ने पुष्टि हुनुपर्‍यो ।”