Ultimate magazine theme for WordPress.

मलेसियामा २६ ता’रिखदेखी कोरोना वि’रुद्धको खो’प, वै’धानिक, अ’वैधानिक सबैले पाउने।

349

क्वालालम्पु- मलेसिया सरकारले यहीँ फेब्रुअरी महिना २६ तारिख देखि राष्ट्रिय कोरोना भाइरस (को’विड-१९) को खोप कार्यक्रम सुरु भएपछि दैनिक १ लाख २६ हजार जना व्यक्तिहरूलाई खोप लगाउन सकिने बताएको छ। स्वास्थ्यमन्त्री दा’तुक श्री डा. आ’दाम बाबाले सञ्चारकर्मी संगको कुराकानीको क्रममा बताए अनुसार “स्वास्थ्य मन्त्रालयले देश भरमा ६०० वटा खोप केन्द्रहरू पहिचान गरी तयार गरिसकेको छ । जसमा स्वास्थ्य क्लि’निकहरुको साथसाथै सरकारी र निजी अस्पतालहरूमा समेत खोप उपलब्ध गराइनेछन्।

“हामी यी प्रत्येक एक स्टे’शनमा ७ जना खोप लगाउने ब्यक्ति राख्नेछौं। एकजना खोप लगाउने ब्यक्तिले कम्तीमा ३० जना सर्वसाधारणलाई खो’प लगाउनुपर्ने हुन्छ्न जबकि एक केन्द्रमा भएको ७ जना खो’प लगाउने ब्यक्तिले लगाउने जम्मा गरेर दिनमा एक केन्द्रबाट अधिकतम २१० जना सर्वसाधारणले खो’प लगाउन पाइनेछ ” उनले भने। स्वास्थ्यमन्त्री डा.आ’दाम बाबाले आश्वासन दिए कि फा’इजर-बा’योटेक खोप वितरणमा अब ढिलाइ हुने छैन। “हामीले खो’प सुरक्षित गरिसकेका छौँ र खो’पको कार्यक्रम फेब्रुअरी २६ ता’रिखबाटनै सुरु गरी योजना बनाइनेछ र पहिलो चरणमा अग्रपंक्ति (फ्र’न्ट लाईन) मा काम गर्नेहरुमा केन्द्रित हुनेछ।”

उनले थपे , ” यहाँ रहेका रो’जगारदाताकम्पनीहरुलाई आफ्ना श्रमिक, कामदारहरुको ब’सोबास कोठा सफा र सु’रक्षित साथ निश्चित गर्न, राख्नको लागी आग्रह गर्दछु डा.आ’दाम बाबाले भन्नुभयो। स्मरण रहोस् मलेसिया सरकारले यसअघिनै राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कोरोना भाइरस (को’भिड-१९) को खो’प, भ्या’क्सिनहरू स्वदेशी , विदेशी , बै’धानिक , अ’बैधानिक सबै ना’गरिकलाई नि:शुल्क दिने निर्णय गरेको बताईसकेको छ।