मंगलबार १३ मंसिर २०७९

जौ भनेको पहिलो पटक खेती गरिएको अन्नबाली हो। खाद्यान्नको स्रोत भेटिएको खुसीमा सम्मानपूर्वक शिरमा सिउरिने चलन बसेको हो र यो हिमाल, पहाड, तराई जहाँ पनि उमार्न र फलाउन सकिने यो खाद्यान्न हो । यो युग वैज्ञानिक युग हो।

वैदिक सनातन संस्कृतिका परम्पराहरू वैज्ञानिक दृष्टिकोणले पनि तर्क पूर्ण छन्। हरेक परम्पराको पछाडि कुनै न कुनै वैज्ञानिक आधार अवश्य पनि हुन्छ। हाम्रा पुर्खाले जमराको प्रयोग किन गरे भनेर खोजी गर्न थालेपछि जौमा औषधीय गुण पनि हुन्छ भन्ने पत्तो लागेको छ।

जौको कलिलो मुना वा जमरामा औषधीय गुण हुन्छ। जमराले जरा हालेको हुनुहुँदैन, साथै प्रकाशको सम्पर्कमा आउनु हुँदैन। हामीले राखेको दस दिने (औसतमा नौ रात्रि) जमरामा पनि औषधीय गुण भरपुर मात्रामा हुने गर्दछ। वैदिक ग्रन्थहरूमा जौलाई अन्नको राजा पनि भनिएको छ।

जौमा भएको पौष्टिक तत्त्व अरू अन्नको तुलनामा बढी हुनाले बिरामी हुँदा पनि यसको पिठो र परिकार खानाले छिट्टै निको हुन सकिन्छ। यस्ता विविध विशेषताका कारण जौको महत्त्व जोगाइराख्न पूजा अर्चना गर्ने र शिरमा लगाउने चलन चलाएका हुन् हाम्रा पुर्खाले।

नयाँ-नयाँ अन्नको आविष्कारसँगै जौको खेती कम हुन थालेको छ। त्यसैले, अचेल जौको सट्टा गहुँ वा मकैको बिरुवालाई पनि जमराका रूपमा प्रयोग गर्न थालेको पाइन्छ। जमराको जुस सेवनले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । विभिन्न किसिमका रोगको उपचार गराउन सक्छ।

नवरात्रको चौथो दिन देवीको कुष्माण्डा भवानीको पूजा गरिँदै -आज दशैंको चौथो दिन, आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैंछ। कुष्माण्डा मातालाई शुभ कर्म थालनी वा सृष्टिको प्रतीकका रूपमा पूजा गरिन्छ ।कुष्माण्डा भगवतीको स्वरूप नवरात्रको चौथो दिन कुष्माण्डा स्वरूप भएकी नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ ।

ब्रह्म या अण्डलाई उत्पन्न गरेका कारण वहाँलाई कुष्माण्डा नामले चिनिएको हो। तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त एवं आफ्नो भुजाहरूले नाना प्रकारको आभूषण धारण गर्ने देवी कुष्माण्डा आफ्नो भुजाहरूमा चक्र, गदा, कलश, जप माला, कमण्डलु, धनुष, बाण तथा कमल पुष्प धारण गर्नुहुन्छ।

देवीको स्वरूप मनोहर तथा दिव्य कान्तियुक्त रहन्छ ।कुष्माण्डा भगवतीको वाहन बाघ हो। देवी भागवतका अनुसार ब्रह्माण्डको उत्पत्ति पूर्व, सृष्टिको अस्तित्व नभएको बेला चारैतिर अँध्यारो नै अँध्यारो थियो । त्यस समय देवी कुष्माण्डा आफ्नो हास्यबाट ब्रह्माण्डलाई उत्पन्न गर्नुभएको थियो ।

देवी कुष्माण्डा साक्षात् आदि शक्ति हुनुहुन्छ । उहाँबाटै समस्त जगतको उत्पत्ति भएको हो । त्यसपूर्व यो ब्रह्माण्डको कुनै अस्तित्व थिएन । देवी कुष्माण्डा सूर्यमंण्डल अन्तर्गत आउने समस्त लोकमा निवास गर्नुहुन्छ । सम्पूर्ण ब्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्त्व यिनै देवीकै कृपाले उत्पन्न भएको हो भन्ने पौराणिक मान्यता रहेको छ।

नवरात्रको चतुर्थी तिथि देवी कुष्माण्डालाइ समर्पित छ। नवरात्रको चौथो दिन माता कुष्माण्डाको साधना, पाठ, ध्यान, स्तोत्र, पूजा आदि गर्ने गरिन्छ ।माता कुष्माण्डा भगवतीको भक्ति गर्नाले रोग, शोक नष्ट भई आयु, यश र बलको वृद्धि हुनुकासाथै देवी कुष्माण्डा माता अल्प साधना या भक्ति मात्रले प्रसन्न हुनुहुन्छ ।

देवी कुष्माण्डाको अन्य नाम : अष्टभूजा देवी, आदि-स्वरूपा, आदिशक्ति हो र उहाँलाई उपासना गर्ने मन्त्र: ‘ॐ देवी कूष्माण्डायै नमः।’ अथवा ‘ॐ ऐं ह्रीं क्लीं कूष्माण्डायै नमः’ हो। आज शक्तिपीठ तथा देवी मन्दिरहरूमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।


Last Updated on: September 29th, 2022 at 9:24 am

तपाईको प्रतिक्रिया