शुक्रबार १० चैत्र २०७९

काठमाण्डौँ क्षेत्र नम्बर १ काँग्रेसले जित्दै आएको क्षेत्र हो । काँग्रेस पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री समेत भइसकेका नेता प्रकाशमान सिंहले चुनाव जित्दै आएको क्षेत्रमा यो पटक उलटपुलट बन्न सक्ने सङ्केत देखा परेको विश्लेषकहरू बताउँदै आएका छन् ।

गत चुनावमा रबिन्द्र मिश्रलाई झिनो मतान्तरले पछि परेर नेता सिंहले चुनाव जितेका थिए । तत्तकालिन बिबेकशिल साझा पार्टीको तर्फबाट चुनाव लडेका रवीन्द्रले काँग्रेस नेता सिंहलाई त्यति बेलै टक्कर दिएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रवेश गरेका मिश्रले यसपटक पनि काठमाडौँ क्षेत्र नम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएसँगै नेता सिंहलाई चुनाव जित्न हम्मे हम्मे पर्ने सङ्केत देखिन थालेको विश्लेषकहरू बताउँदै आएका छन् ।काठमाण्डौँ १ बाटै चुनाव लड्न रबिन्द्र मिश्रले शुक्रवार औपचारिक रूपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय गरेको स्रोतको दाबी छ ।

अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्रनम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए ।त्यसबेला तराजु चिह्नमा चुनाव लडेका मिश्रले १० हजार ११८ मत ल्याएका थिए भने विजयी भएका कांग्रेसका प्रकाशमान सिंहले १० हजार ९३७ मत ल्याएका थिए ।राप्रपामा समाहित भएकोले यसपटक भने मिश्र हलो चिह्नमा चुनाव लड्दैछन् ।

विवेकशील साझा पार्टी छोडेपछि मिश्रसहितको समूह बुधबार मात्रै राप्रपामा प्रवेश गरेको थियो ।राप्रपाले मिश्रलाई तेस्रो वरीयतामा भित्र्याएको छ । उनलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिने निर्णय राप्राले गरेको छ ।राजनीतिका जानकारका अनुसार काठमाण्डौँ क्षेत्र नम्बर १ काँग्रेसको पकड भएको क्षेत्र हो ।

तर पछिल्लो समय नेता प्रकाशमान सिंह जनतामाझ अनपपुलर बन्दै जानु र र काँग्रेस भित्र सिंहको भूमिका बलियो नदेखिनुले समेत रवीन्द्र चुनाव लडेको खण्डमा नेता सिंहलाई भारी पर्ने सङ्केत देखिन थालेको बताउँछन् ।रवीन्द्रलाई चुनाव जित्न पनि सहज भने देखिँदैन ।

उनी पनि विवेकशील साझा छोडेर भर्खर मात्रै राप्रपा प्रवेश गरेका हुन् । राजनीतिक रूपमा अस्थिर जस्तो देखिएका उनी अहिले नेपालमा राजा र हिन्दु राज्य हुनुपर्छ भन्ने मुद्दा लिएर चुनावमा होमिदा जनताले पत्याई हाल्ने अवस्था नरहेको र सो क्षेत्रमा कांग्रसले नै पुन बाजी मार्ने काँग्रेस स्रोतको दाबी छ ।

काँग्रेसको तर्फबाट नेता सिंह नै चुनावी मैदानमा होमिने निश्चित छ । नेता सिंह कुनै पनि हालतमा चुनाव जित्नु पर्ने दबाबमा रहेका छन् । गत अधिवेशनमा पार्टी सभापति लडेका सिंह हार बेहोरे पछी दोस्रो चरणको काँग्रेस सभापतिको चुनावमा शेरबहादुर देउवालाई सघाउन पुगेका थिए ।

लामो समय पार्टी सभापति देउवाको विपक्षमा बोल्दै नत्रीत्व परिवर्तनको मुद्दा उठाउदैँ आएका सिंह अन्त्यमा एकाएक देउवालाई सहयोग गरेर सभापतिमा जिताएपछि पार्टी भित्र र बाहिर आलोचित बन्न पुगेका थिए । आगामी राजनीतिक यात्रा सहज बनाउनका लागि समेत नेता सिंहलाई कुनै पनि कष्टमा चुनाव जित्नु पर्ने देखिन्छ ।

महत्वका साथ हेरिने काठमाण्डौँ क्षेत्र नम्बर १ मा अन्य स्वतन्त्र उम्मेद्वार समेत रहेका कारण यो पटकको प्रतिनिधिसभाको चुनावमा रोचक भिडन्त हुने निश्चित छ ।


Last Updated on: September 29th, 2022 at 8:49 pm

तपाईको प्रतिक्रिया