Ultimate magazine theme for WordPress.

भ्यालेन्टाइन डेमा श्रीमती रितालाई आफ्नो मृगौला उपहार दिँदै विनोद

243

२ फाल्गुन २०७७, आईतवार काठमाडौं। भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा जोडीहरु आफ्ना श्रीमान, श्रीमती, प्रेमी वा प्रेमिकालाई विभिन्न उपहारहरु दिन्छन् । तर, एक जना श्रीमानले आज श्रीमतीलाई आफ्नो मृगौला उपहार दिएर श्रीमतीको जीवन बचाउँदैछन् । समाचार एजेन्सी एएनआइका अनुसार भारतको गु’जरात राज्यको अहमदाबादका विनोद पटेलले प्रणय दिवस अर्थात फेब्रुअरी १४ का दिन श्रीमती रितालाई आफ्नो मृगौला दा’न दिँदैछन् ।

रोचक त के भने उनीहरुको बिहेको एनिभर्सरी पनि आज नै हो । आज उनीहरु विवाहको २३ औं एनिभर्सरी मनाउँदैछन् । रिता पटेल अ’टोइम्युन कि’ड्नी डि’स्फंक्सन नामको स’मस्यासँग जु’धिरहेकी छिन् र विगत ३ वर्षदेखि उनको उपचार भइरहेको छ ।उपचारपछि पनि रिताको मृगौलाको स’मस्या ठिक हुन सकेको छैन । उपचारबाट ठिक नभएपछि विनोदले श्रमितीलाई आफ्नो मृगौला दिने निर्णय गरे । जाँचमा विनोदको मृगौला रिताको लागि मिल्ने प्रस्ट भयो ।

जाँचमा सबै ठिक पाइएपछि विनोदले प्रेमको प्रतीकस्वरुप श्रीमतीलाई १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेका दिन मृगौला दिने निर्णय गरेका थिए । आज विनोदको मृगौला नि’कालेर रिताको शरीरमा प्र’त्यारोपण गरिँदैछ । रिताको उमेर ४४ वर्ष छ र गत महिना उनको डा’यलासिस पनि गरिएको छ ।