Ultimate magazine theme for WordPress.

घरघरबाट वि’रोध प्र’दर्शनमा सहभागी हुन सभापति देउवाको अपील

442

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने प्रतिनिधिसभा विघटनवि’रुद्ध वि’रोध प्र’दर्शनमा घरघरबाट सहभागिता भएर प्र’भावकारी रुपले सफल बनाउन अपील गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा आइतबार विज्ञप्तिमार्फत् भातृ संस्था र शुभेच्छुक सबैलाई यस्तो अपील गरेका हुन् ।विज्ञप्तिमार्फत ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागिएको जनाइएको छ। ‘भोलिको प्र’दर्शनमा सबैलाई घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु,’ देउवाले विज्ञप्तिमा भनेका छन्।

प्रधानमन्त्रीको कदमलाई कांग्रेसले अ’संवैधानिक र अ’लोकतान्त्रिक भन्दै त्यसवि’द्ध आगामी माघ ८, १९ र २४ गते पनि प्र’दर्शनमा सहभागीता जनाउन सभापति देउवाले अ’पील गरेका छन् ।सभापति देउवा सोमबार बुटवलमा हुने प्र’दर्शनमा सहभागी हुने जनाइएको छ ।