Ultimate magazine theme for WordPress.

शो’कमा डुबेको भागरथीको परिवारलाई मनकारीले दिए वर्षभरि खान पुग्ने खाद्यान्न

1,031

बैतडी । भागरथीको ह,त्यापछि शो’कमा डु’बेको परिवारमा ग’रिबीका कारण भो’क मेटाउने अन्न समेत नभए पछि मनकारीले १५ हजार रुपियाँ नगद सहित वर्षदिन पुग्ने खाद्यान्न प्रदान गरेको छ। गगन चन्द डिभाइन फाउण्डेशन, बैतडीले भागरथीको परिवारलाई बुधबार घरमै पुगेर चाम, गहँु , दाल लगात खाद्यान्न सामग्री र ओढ्ने ओछ्याउने सिरक–डसना सहित न्यानो कम्मल प्रदान गरेको हो ।

जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टको उपस्थितिमा भागरथीका दाजु केशव राज भट्ट र आमा द्रोपतिलाई खाद्यान्न र कपडा प्रदान गरिएको गगनचन्द डिभाइन फाउण्डेशनका अध्यक्ष राजेन्द्र बहादुर चन्दले बताउनु भयो । दुई महिनाअघि भागथरीका बुवाको नि’धन भएको थियो । घरमा खान लगाउन स’मस्या भएपछि २० वर्षीय दाजु केशवराज भट्ट घर खर्च चलाउन र बहिनी भागरथीलाई पढाउन खर्चको जोहोका लागि यही माघ ४ गते मजदुरी गर्न भारत जानु भएको थियो ।

२२ गते भागरथीको ह,त्याको खबर सुनेर घर फर्किनु भएका केशवराज भट्टले घरायसी अवस्था ना’जुक रहेको बताउनुभयो । एकपछि अर्को ब’ज्रपातमा परेको भागरथीको परिवारको घरको दय’नीय अवस्था दखेर परिवारलाई खाद्यान्न, कपडा र नगद रुपियाँ प्रदान गरिएको फउण्डेशनका संयोकज गोविन्दराज जोशीले बताउनुभयो । जोशीले भन्नुभयो, ‘ भागरथीका परिवारको अवस्था निकै दय’नीय रहेछ ।

दुःखको घडीमा सहयोग गर्नु मानवीय ध’र्म ठानेर गगनचन्द डिभाईन फाउण्डेशनका तर्फबाट राहत प्रदान गरिएको हो।’ दुःखको बेला गगनचन्द डिभाइन फाउण्डेशनले पी’डित परिवारलाई राहत उपलब्ध गराएकोमा जिल्ला समन्वय समिति बैतडीका सिद्धराज भट्टले धन्यवाद दिनुभएको छ ।