Ultimate magazine theme for WordPress.

आज काठमान्डौ उपत्यकामा ६१ जनालाई कोरोना संक्रमण पुष्टि

221

काठमान्डौ- आज काठमान्डौ उपत्यकामा ६१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरमा १२ जना , भक्तपुरमा २ जना र काठमान्डौमा ४७ जान गरि आज उपत्यकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार आज देश भरि ३५०१ जनामा गरिको परिक्षणमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यस्तै उता कर्णालीमा पहिलो चरणमा कोरोना खोप लगाउन छु’टेकालाई आज लगाउन था’लिएको छ।

स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा छु’टेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ। कर्णालीमा पहिलो चरणमा पहिचान गरिएका दुई हजार ३६० जनाले विभिन्न कारणले खो’प लगाएका थिएनन्। प्रदेश स्वास्थ्य निर्देशक डा रबिन खड्काले छु’टेकालाई दोस्रो चरणको अभियानअन्तर्गत पहिलो दिन अर्थात् आज खो’प लगाउने व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार दोस्रो चरणका लागि २० हजार जनालाई पुग्ने खो’प मा’ग गरिएको छ।

‘पहिलो चरणमा मौ’ज्दात रहेको खोप लगाउँदैछौँ, केन्द्रबाट आइपुगेको छैन्’, निर्देशक डा खड्काले भने, ‘दुई मात्रामा लगाउनुपर्ने हुँदा मौ’ज्दात छ, तत्काल मौ’ज्दात रहेकै खो’प लगाउँछौँ।’ दोस्रो चरणमा खोप केन्द्र पनि बढ्ने बताइएको छ। ज’नशक्तिको व्यवस्थापन गरेर स्थानीय तहसम्म पुगेर खोप अ’भियान सञ्चालन गरिने उनको भनाइ छ। कर्णालीमा पहिलो चरणमा नौ हजार ४२० जना अर्थात् ८२ प्रतिशतले मात्र यो खोप लगाएका थिए।

पहिलो चरणमा कोरोनावि’रुद्ध अ’ग्रपङ्क्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी तथा स’रसफाइकर्मी, एम्बुलेन्स चालक, सङ्क्रमितको श’व व्य’वस्थापनमा ख’टिने सु’रक्षाकर्मी र महिला स्वास्थ्य स्व’यंसेविकालाई खो’प लगाउने व्यवस्था मिलाएको थियो। यसैबीच सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोना भाइरसवि’रुद्धको खो’प अभियान शुरु गर्दैछ। दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई प्रदेश अस्पताल कालागाउँबाट निःशुल्क कोरोना खो’प लगाइने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले बताए।

नगरपालिकाले पहिलो चरणमा छु’टेका, स्थानीय तहका जनप्रतिनिधि, नगरका निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्रा’धिकरण र सं’स्थानमा कार्यरत कर्मचारी, न्या’य स’मूहका कर्मचारी (अदालत, व’किल) र पत्रकारलाई यही फागुन ८ गतेसम्म खो’प लगाउन मिति नि’र्धारण गरेको छ। यो खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि पुनः दोस्रो मात्रा ल’गाउनुपर्दछ। माघ १४ गतेबाट पहिलो चरणको खो’प लगाउन थालिएको थियो। ‘को’भिशिल्ड’ नामक यो खोप भा’रतीय कम्पनी से’रम इ’न्स्टिच्युटले उत्पादन गरेको हो।