शुक्रबार १४ आश्विन २०७९

आठौं महाधिवेशनपछि निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा नेताहरु ।
४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो चरणमा केन्द्रीय पदाधिकारीलाई पूर्णता दिएका छन् । झण्डै आठ महिनाअघि, गएको १९ पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट ‘अन्तिम पटक’ भन्दै अध्यक्षमा निरन्तरता पाएका प्रचण्डले २३ असारमा नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष चयन गरेका थिए ।

तर आकांक्षी नेता मिलाउन नसक्दा महाधिवेशनबाट प्रस्तावित बाँकी पदाधिकारी टुंग्याउन सकेका थिएनन् । बुधबारदेखि लगातार बसिरहेको स्थायी कमिटी बैठकबाट भने प्रचण्डले २१ सदस्यीय पदाधिकारी टुंग्याएका छन् । त्यसका लागि पदाधिकारी संख्या १५ बाट बढाएर २१ बनाइएको छ ।


Last Updated on: August 20th, 2022 at 10:13 pm

तपाईको प्रतिक्रिया