शुक्रबार १० चैत्र २०७९

अमदावाद। हिजोआज अनलाइन सपिङ खुबै चलेको छ । नुनदेखि सुनसम्म अनलाइन डेलिभरीमार्फत घरमै आइपुग्छ । तर कहिलेकाँही एउटा सामान गर्दा अर्कै सामान आउँदा खरिदकर्ता भने हैरान हुन्छन ।

भारतको अहमदावादमा पनि यस्तै भएको छ । यशस्वी शर्मा नाम गरेका व्यक्तिले आफ्नो बाबुको लागि अनलाईन सपिङ कम्पनी फ्लिपकार्टमार्फत एक ल्यापटप अर्डर गरेका थिए । कम्पनीले छुट सहित सञ्चालन गरिरहेको विग बिलियन डेज डिल अफरको सदुपयोग शर्दै शर्माले एक ल्यापटप अर्डर गरेका थिए ।

तर उनको घर आइपुग्यो घडी डिटर्जेन्ट साबुन ।ल्यापटप अर्डर गर्दा साबुन आएपछि शर्मा छक्कसँगै दिक्क पनि भए । उनले कम्पनीका अधिकारीसँग आफ्नो गुनासो राखे । तर कम्पनीका अधिकारीले गल्ती स्वीकार्न इन्कार गर्दै कुनै पनि सामान डेलिभरी भएपछि पैसा फिर्ता नहुने बताए ।

शर्माले यो कुरा सामाजिक सञ्जालमा राखेपछि अहिले यो विषयले खुब चर्चा पाएको छ । यशस्वी शर्माले डेलिभरी गर्ने व्यक्तीले सामान दिएपछि आफ्ना बाबुले तूरुन्तै जाँच गर्नुपर्नेमा त्यसो नहुनु भने आफ्नो गल्ती भएको बताएका छन् । तर उनले ल्यापटपको ठाउँमा साबुन आइपुगेको कुरा भने सीसीटीभी फुटेजमार्फत पनि एकिन गर्न सकिने बताएका छन् ।

यसैबीच- एक व्यक्तिले ल्यापटप अर्डर गरे र चौबीसै घण्टा डिटर्जेन्ट साबुन पाए भन्ने खबर सेलाउन नपाउदै यस्तै अर्को घटना सार्वजनिक भएको छ जुन मेसो भन्ने एपबाट भएको हो । वास्तवमा बिहारका एक व्यक्तिले मेसो एपबाट ड्रोन अर्डर गरेका थिए ।

तर उनले पाएका प्याकेजमा एक किलो आलु रहेको उनी बताउछन् । उनले यी सबै घटनाका बारेमा रेकर्ड गरी सामाजिक सञ्जालमा पोष्ट गरिसकेपछि अहिले उनले सेयर गरेको भिडियो अनलाइनमा भाइरल भइरहेको छ ।भिडियो रेकर्डिङको क्रममा, ती अनलाइन खरिदकर्ताले डेलिभरी ब्वाईकै अघि अनबक्स गरेका थिए ।

अनबक्सका क्रममा प्याकेजबाट आलु बाहिर निस्किएपछि डेलिभरी गर्नेलाई स्थानीयहरुले घेरी सोधपुछ गरेका थिए । ती डेलिभरी ब्वाइले मेसो ठगीमा आफु संलग्न रहेको स्वीकार गरेका छन् । यस घटनाको बारेमा खरिदकर्ताले प्रहरीमा उजुरी दर्ता गराएका छैनन् ।

अनलाइन खरिदकर्ताका अनुसार अनलाइन डेलिभरी समयमा त्रुटि भएको यो पहिलो पटक होइन । यसअघि पनि अर्डर गरिएका प्याकेजमा तरकारी वा ढुंगा भेटिएको खरिदकर्ता बताउछन् ।


Last Updated on: September 30th, 2022 at 9:41 am

तपाईको प्रतिक्रिया