Ultimate magazine theme for WordPress.

भाग्यमानी मानिस जो गल्ती गरेर पनि भाग्यले बाचे, तपाई कल्पना पनि गर्न सक्नु हुन्न

131

किन केही मानिसहरू साह्रै भाग्यमानी हुन्छन् ? तपाईंले आफैलाई यी प्रश्न गरिराख्नुहुन्छ भने एक पटक पुनस् सोच्नुस् । “मानिसहरूले राम्रो हुन् वा नराम्रो आफ्ना भाग्य आफै कोर्छन्,” मनोविज्ञ रिचर्ड वाइजमन भन्छन् । वाइजमनले भाग्यको भूमिका र मानिसहरूको जीवनमा त्यसले पारेको प्रभावबारे अध्ययन गरिराखेका छन् । उनले त्यसलाई ‘वैज्ञानिक अनुसन्धान’ भनेका छन् जसले आफूलाई भाग्यमानी र भाग्यमानी नभएको ठान्नेहरूबीचको भिन्नता हेरिराखेको छ ।

निष्कर्ष के त ? भाग्य कुनै जादुयी क्षमता वा अप्रत्यासित नतिजा नभइ यो हामी कसरी सोच्छौँ र काम गर्छौ भन्ने हो । खासगरी, भाग्यमानी भनिने वा आफूलाई भाग्यमानी ठान्ने मानिसहरूले यी चार कुरा ठिकसँग गर्छन् ।आफूलाई भाग्यमानी ठान्ने मानिसहरू सही समय पहिचान गर्दै त्यसको सदुपयोग गर्छन् । जब उनीहरूले अगाडि नयाँ बाटो देख्छन्, खुशी साथ त्यस बाटोमा हिँड्छन् ।भाग्यले साथ नदिएको ठान्नेहरूका हकमा भने त्यो ठ्याक्कै उल्टो हुन्छ “उनीहरू एउटै बाटोमा हुन्छन्।

जसकै कारण अवसरहरू देखिए पनि उनीहरू त्यसको सदुपयोग गर्न डराउँछन् । ”उनीहरू त्यस्तो परिस्थिति बुझेरै अगाडि बढ्छन् । यसले खराब समयलाई पनि राम्रोमा परिणत गर्छ । तर आफूलाई भाग्यमानी नठान्नेहरू स(साना नकारात्मक कुराबाटै चिन्तित हुन्छन् । उनीहरू भविष्य बेरङ्गको हुँदैछ भन्ने सोचेर पर्यत्न गर्नु नै बेकार रहेको ठान्छन्। आफूलाई भाग्यमानी नठान्नेहरूमा भने निराशावादी सोच हावी भइदिन्छ । वाइजमनका अनुसार ‘आफ्ना उदास शैलीका कारण मानिसहरू त्यस्ता व्यक्तिहरूबाट पञ्छिन खोज्छन् ।’ भिड्यो यहाँ छ