शुक्रबार १० चैत्र २०७९

टोकियो ।अस्ट्रेलियाबाट जापानमा दसँै मनाउन आएकी २९ वर्षीया सुनिता केसीको जापानको साइतामा सडक दुर्घटनामा मृ’त्यु भएको छ ।२०७९ असोज १३ गते बुधबार राती घरनजिकको बाटोमा हिड्ने क्रममा उनको करिब १० बजे ट्रिपरले ठक्कर दिँदा मृ’त्यु भएको हो ।

दुई छोरी र एक छोरासहित सपरिवार जापानको साइता याचुका भन्ने स्थानमा बस्दै आएका थिए । नर्सिङ अध्ययनका लागि केही महिनाअघि अस्ट्रेलिया गएका सुनिता दसँैबिदामा परिवारस“ग एक महिना जापान बस्ने गरी चार दिनअगाडि जापान आएकी सुनिताका बुबा मिनबहादुर केसीले बताउनुभयो ।

केसी परिवारका दुई छोरी उच्च शिक्षाका अस्ट्रेलियामा छन् भने छोरा जापानमा नै रहेको बुझिएको छ ।कास्की पोखरा समाज जापानका अध्यक्ष विश्व सुवेदीले प्रहरीले परिवारलाई छलफलका लागि बोलाएको जानकारी दिँदै यस घटनामा के कसरी अगाडि बढ्ने परिवारसँग सल्लाह गरेपछि तय गरिने जानकारी दिनुभयो ।

यो पनि –जापान प्रहरीले नक्करी रेसिडेन्स कार्ड (जाइर्यु कार्ड) बनाउने ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले २० हजार वटा त्यस्ता नक्कली कार्ड बनाएको प्रहरी आशंका छ ।चिबा प्रिफेक्चरको एक घरमा जापानमा बसेका विदेशीहरूलाई नक्कली आवासीय कार्ड बनाएको आरोपमा ६ जापानी र चिनियाँ पुरुष र महिलाहरु पक्राउ परेका हुन् ।

बरामद व्यक्तिगत कम्प्युटरमा करिब २० हजार किर्ते निवेदन फेला परेकाले महानगरीय प्रहरी विभाग र अन्यले वास्तविक अवस्थाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।पक्राउ परेका अभियुक्तहरु पार्ट टाइम काम गर्दै आएका चिनियाँ कामदार ३० बर्षिय शेन झिकियाङ, ३४ बर्षिय स्वरोजगार ताकाहिरो मारुयामा र चारजना चिनियाँ संदिग्धहरू छन् ।

जो सबै चिबा प्रिफेक्चरको आसाही शहरमा बस्दै आएको विवरणमा उल्लेख छ ।महानगरीय प्रहरी विभागका अनुसार सेप्टेम्बर महिनाको सुरुमा आसाही शहरको शेनको घरमा नक्कली रेसिडेन्स कार्ड बनाउने जस्ता अध्यागमन नियन्त्रण कानूनको उल्लङ्घन गरेको आशंका छ ।

यो घर नक्कली रेसिडेन्स कार्डको उत्पादन गर्ने आधार हो भन्ने विश्वास गरिन्छ । महानगरीय प्रहरी विभाग र ह्योगो प्रिफेक्चरल प्रहरीले खोजी गर्दा २०० भन्दा बढी नक्कली रेसिडेन्स कार्ड र नक्कली कार्ड बनाउन प्रयोग भएको ठानिएको कम्प्युटर र प्रिन्टरहरू फेला परेका थिए ।

बरामद गरेको पर्सनल कम्प्युटरबाट गत वर्ष अगस्टदेखि करिब १ वर्षसम्मको अवधिमा करिब २० हजार नक्कली जाइर्यु कार्ड अर्डरको रेकर्ड फेला परेको र प्रति कार्ड १५ सय येनदेखि ७ हजार येनमा बिक्री भएको देखिएको छ ।प्रहरीका अनुसार चीनमा एक प्रशिक्षकले अर्डरहरू सङ्कलन गरेर यो समूहलाई नक्कली कार्डहरू बनाउन निर्देशन दिएको अनुमान छ ।


Last Updated on: September 30th, 2022 at 10:55 am

तपाईको प्रतिक्रिया