Ultimate magazine theme for WordPress.

अहिले नेपालमा लगाइरहेको को’भिसिल्ड खोपबारे नयाँ तथ्य

307

काठमाडौं-अहिले नेपालमा लगाउने क्रम जारी रहेको कोरोनावि’रुद्धको खो’प को’भिसिल्डबारे नयाँ रिपोर्ट सार्वजनिक भएको छ। जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले दिएको जानकारीअनुसार को’भिसिल्डबारे द ला’न्सेट पत्रिकामा नयाँ अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो। रिपोर्टअनुसार अ’क्सफोर्ड/ए’स्ट्राजेनेकाद्वारा विकसित खोप (को’भिसिल्ड) को दोस्रो डो’ज ६ हप्ताभन्दा कम अन्तरमा लगाउँदा ५४.९ प्रतिशत प्र’भावकारी देखिएको छ भने १२ हप्ता वा बढीको अ’न्तरालमा लगाउँदा ८२.४ प्रतिशत प्र’भावकारी देखिएको छ।

तर विश्व स्वास्थ्य सं’गठनले लामो अ’न्तरालमा खो’प लगाउनुको कुनै विशिष्ट कारण नभएको बताएको छ। त्यस्तै पहिलो डो’ज खोप लगाएका व्यक्तिमा ३ महिनासम्म कोरोना संक्रमण सर्ने सम्भावना ६७ प्रतिशत कम हुन्छ भने ३ महिनामा दोस्रो मात्रा लगाउँदा संक्रमण न’सर्ने सम्भावना ८२.४ प्रतिशत हुन्छ। पहिलो खो’प लगाएको २२ दिनपछि संक्रमण भएमा संक्रमित व्यक्ति ग’म्भीर हुने तथा अस्पताल भर्ना हुनुपर्ने सम्भावना कम हुन्छ। त्यस्तै ३ हप्तापहिले दोस्रो मात्रा लगाएमा त्यसको ४ हप्तापछि तेस्रो मात्रा लगाउनुपर्ने अर्को अध्ययनले देखाएको छ।

धेरै अध्ययनको नि’चोड छ– को’भिसिल्ड खोपको दोस्रो मात्रा ४ हप्तादेखि १२ हप्तासम्म लगाउनु उपयुक्त हुन्छ। कतिपय अ’ध्येताले भने खोपको अ’भाव भएको हुँदा दोस्रो मात्रा लगाउने समयान्तर बढाउँदै ३ महिना बनाउन खोजेको आशंका गरेका छन्। भारतमा को’भिसिल्ड खोप सि’रम इ’न्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ। जसको १० लाख डोज भारत सररकाले नेपाललाई निःशुल्क उपलब्ध गराएको छ। अहिले त्यही लगाउने क्रम चलिरहेको हो।