Ultimate magazine theme for WordPress.

हेटौंडाको सानोपोखरा चोकमा पिच सडक भा’सियो

216

काठमाडौं- हेटौंडा उपमहानगरपालिका ५ स्थित सानोपोखरा चोकको सडक भा’सिएको छ ।सोमबार बिहान पिच सडकको बिच भाग भा’सिएर खा’ल्डो परेको हो । सडक भा’सिएपछी स्थानीय त्र’सित बनेका थिए ।करिव डेड मिटर सडक भा’सिएर भ्वा’ङ परेको छ । भासिएको सडक मुनिबाट पानि र’साएको स्थानीयले बताएका छन् । बीच सडक भासिएपछी सवारीसाधन सडकको एकतर्फबाट मात्र च’रिरहेका छन् ।उता हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० टिसीएनमा टोनि हे’गन पार्क निर्माण गर्न लागिएको छ ।

उपमहानगरपालिकाले सबैलाई घुम्न, वस्न, बृद्ध बृद्धाहरुलाई समय विताउनका लागि सहज होस भन्ने उदेस्यले टो’नि हे’गन पार्क निर्माण गर्न लागिएको मेयर हरिबहादुर महतले वताउनुभयो ।पार्क निर्माणका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट मार्फत काम सुरु गर्न लागिएको मेयर महतले वताउनुभयो । बितेको आर्थिक वर्षमा पनि यस पार्क निर्माणको कम्पाउन्ड निर्माणको काम थालिएको छ । साथै यस पार्कका लागि बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ ।

उपमहानगरपालिकाले दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङको संरक्षण र सम्बद्र्धन गर्ने कार्यलाई निरन्तरता दिदै सुरुङ परिसरमा सुरुङका डिजाईनर बि’ग्रेडिएर जनरल डिल्लिजंग थापाको अर्धकदको प्रतिमूर्ती स्थापनाका लागि कार्यालयमा प्र’तिमूर्ति प्राप्त भैसकेकोले तत्काल स्थापनाको कार्य सम्पन्न गरिने तयारी गरेको मेयर महतले वताउनुभयो ।यसैगरी चालु आर्थिक वर्षकोे यस अवधिमा कानून म’स्यौदा समितिले सिफारिस गरेको ऐन १ वटा, कार्यविधि ५ वटा, निर्देशिका १ वटा र सं’शोधित कार्यविधि तथा निर्देशिका ३ वटा गरी जम्मा १० वटा का’नुनहरु स्वीकृत भई कार्यान्वयनमा रहेको छन् ।

उपमहानगरपालिकाले उपभोग्य खाद्यबस्तुको गुणस्तर तथा मिसावटको अवस्था परीक्षण गरी नियमन गर्न उपमहानगरपालिका कार्यालय हाताभित्र खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा आएकोमा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा विभिन्न १६ वटा नमूना परीक्षण गरिएको उहाँले वताउनुभयो ।यस अवधिमा दूध, पिउने पानी, आइसक्रिम जस्ता खाद्य बस्तुको नमूना परीक्षण गरिएको छ । कार्यालयको संयोजनमा अन्य निकायसमेतको सहभागितामा ३ पटक बजार अनुगमन गरी आवश्यक कारबाही गरिएको छ ।