शुक्रबार १० चैत्र २०७९

चितवन- पोलेको र भुटेको मासु हामी सबैलाई मन पर्छ । दशैँमा मासुका विभिन्न परिकार बनाउने क्रममा हामी मध्ये धेरैले पोलेको मासु खाने पनि गरेका छौं ।तर यसरी खाइने मासुले मुखको स्वाद बढाएर पेट भरेपनि स्वास्थ्यमा फाइदा भने गर्दैन् ।

त्यस्ता मासुबाट क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् । मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ ।त्यसले पेट र छालामा क्यान्सर हुन सक्छ । मासु पोल्दा मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा बढी पाक्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ ।

भुटेको र पोलेको मासुबाट ठूलो आन्द्राको क्यान्सर हुने गरेको बताइएको छ । पटक पटक पातलो दिसा, पेट काट्ने र कटक्क दुख्ने लगायतका समस्याहरु पनि पोलेको मासु खाँदा देखा पर्न सक्छन् ।मासु पोल्दा छोपेर पोलेमा अरु बढी हानि कारक हुने गर्छ ।

दसैँका बेलामा मासु प्रयोग गर्दा राँगा, खसी, बोकाको भन्दा कुखुरा र माछाको मासु प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । उनीहरुको भनाइमा ती मासु उमालेर खाएमा अरु बढी स्वास्थ्यबद्र्धक हुने गर्छ ।


Last Updated on: September 30th, 2022 at 1:49 pm

तपाईको प्रतिक्रिया