मंगलबार १३ मंसिर २०७९

धनगढी । धनगढीबाट बाजुरा डाव बजारको टिकट एक हजार रहेको छ । तर, यातायातव्यवसायीहरुले २ हजार देखि २२ सय रुपयाँ सम्म भाडा लिइरहेका छन् । ‘नियमित गाडीहरु असोज १० गते नै बुक भएको जानकारी दिँदै व्यवसायीहरुले २२ सय रुपैयाँ सम्म भाडा असुल गरिरहेका छन्’ बाजुरा खप्तड छेडेदह–२ जयबागेश्वरी घर भएका विकास बुढाले भने ।

‘एक्स्ट्रा गाडी हालेको भन्दै बढी भाडा लिइरहेका छन्’ धनगढी बसपार्कमा आजभोलि विहान देखि साँझ सम्म टिकटको बार्गिनिङ गर्नेहरु मात्र भेटिने गरेका छन् ।बाजुरामा समितिले दैनिक ३ वटा गाडी पठाईरहेको छ । एक्स्ट्रा गाडीहरु जति पनि जाने गरेको एक व्यवसायीले बताए । यो प्रतिनिधि मुलुक घट्ना हो ।

धनगढी बसपार्कबाट पहाडी जिल्ला बाजुरा, अछाम, बैतडी, बझाङ लगायतका जिल्लामा जाने याहरुले ठगिनु परेको छ । कतिपय व्यवसायीहरु समेत भाडा लिइरहेको प्रति असन्तुष्ट छन् । ‘बाजुराको टिकट दुई हजार लिने को हो ?’, शुक्रबार दिउँसो एक व्यवसायी प्रश्न गदै थिए ।

‘यात्रुबाट दुई हजार लिएको भेटिए भित्र हालिदिन्छु ।’ ती व्यवसायीका अनुसार बाजुरामा एकतर्फी मात्र यात्रु लिदा घाटा हुन्छ । तर, घाटा हुन्छ भन्दैमा यसरी चाडपर्वको वेला लुट्ने छुट कसैलाई छैन् ।यात्रुहरु हरेक ठाउँको भाडा तोके भन्दा बढी तिर्न बाध्य भएका छन् ।

चाडपर्वका बेला यसैगरी सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरुले ठगिरहेको गुनासो बढेको छ । दसैँका लागि घर जाने यात्रुबाट प्रदेशका यातायात व्यवसायीहरुले तोकिएभन्दा बढी रकम लिइरहेको गुनासो छ मनोमानी रुपले यातायातका साधन सञ्चालन गर्दै आएका उनीहरुले शुल्क पनि मनोमानी तवरले लिने गरेका छन् ।

धनगढी बसपार्कबाट पहाडी जिल्लाको टिकट १६ गतेसम्मका लागि अग्रिम बुक भएको बताउँदै आएका व्यवसायीहरुले बाहिर भने यात्रुबाट बढी रकम लिइरहेको गुनासो छ ।धनगढी बसपार्कमा रहेका काउण्टरहरुमा यातायाका टिकट पाउँदैनन् । यातायात प्रालिका कर्मचारीहरु १६ गतेसम्मका लागि टिकट बुक भएको भन्दै यात्रु फर्काउँछन् ।

तर खल्तीबाटै प्रालिहरुको नाम नभएका महंगा टिकट काटेर पहाडी जिल्लामा यात्रु पठाउने गरिएको छ ।सुदूरपश्चिमका यातायात व्यवसायीले क्यूफ्रीमा सार्वजनिक सवारी सञ्चालन गर्दै आएका छन् । पहाडी जिल्लाबाट फर्किदा यात्रु नपाउँने भन्दै उनीहरुले महंगो भाडा लिने गरेका हुन् ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले सो विषयमा जानकारी नभएको भन्दै उम्किीए । ‘हामीले बाहिर टिकट काट्न अनुमति दिएका छैनौ । बाहिर टिकट काटिएको विषयमा जानकारी पनि छैन । बाहिर टिकट काट्नेलाई हामी दलाल भन्छौ ।

दलाली भएको भए कारबाही गर्छौ,’ उनले भने ।यस्तै काठमाडौंबाट फर्किने यात्रुहरुले समेत धनगढी र महेन्द्रनगरसम्मको भाडा दिनैपर्ने बाध्यता छ । यात्रुुहरु लम्की, अत्तरिया अथवा बाटोमै झर्नु परेपनि उनीहरुले धनगढी र महेन्द्रनगरसम्मको भाडा तिर्दै आएका छन् ।


Last Updated on: September 30th, 2022 at 3:14 pm

तपाईको प्रतिक्रिया