
काठमान्डौ बालकोटमा नवनिर्मित घरमा यस पटकको दशै मनाउन अधिकृत नगरपालिकाले कार्यालय प्रयोगका लागि दिएको को १ झ ५७० नम्वर को गाडी लिएर केही आफ्नतको समेत साथमा काठमान्डौ गएको नगरपालिका स्रोतले बताएको छ ।
स्थानियतहमा दशै विदा हुन केही दिन बाकी रहेतापनि अधिकृत अधिकारी भने विहिवार विहानै काठमान्डौ तर्फ लागेको नगरपालिकाका एक जनप्रतिनिधीले नाम नवताउने सर्तमा जानकारी दिए ।
उनि भन्छन्-‘नगरपालिकाले गाडीको फजुल प्रयोग घटाएर इन्धनको खपत कम गर्ने लक्ष्य लिएको भएतापनि पालिकाका हाकिम र नगरप्रमुख विच प्रशाशनीक कार्यका बाबजुद पनि बाहीरी सम्वध राम्रो भएका कारण नगरप्रमुखले समेत अधिकृतको यो कार्यप्रति कुनै चासो दिएका छैनन् ।’
उनि थप भन्छन् ‘हुन त पालिकाको सरकारी गाडी दुरुपयोग भएको यो पहिलो घटना भने हैन यस अघिपनि नगरपालिकाको गाडी कर्मचारी र जनप्रतिनिधीले पटक-पटक व्यक्तिगत कामका लागि प्रयोग गर्ने गरेका समाचारहरु बाहिरीएका थिए ।
तर नगरपालिकाले ति घटनाप्रति कुनै चासो समेत व्यक्त गरेको छैन्, गरोस पनि कसरी पालिकाका प्रमुख उपप्रमुख नै कहिले आफन्तलाई एरपोट छोड्न त कहिले आफ्न्त भेटघाटमा सरकारी गाडी लिएर जाने गरेका छन् । त्यसैले तै चुप मै चुप भएर बसेका छन् ।’
हामिले यस विषयमा नगरपालिका मेयर गंगाप्रसाद खरेल र दशै मनाउन काठमान्डौँ गएका अधिकृतलाई बुझ्ने प्रयास गर्दा दुवै सग मोवाइल समपर्क हुन सकेन ।स्थानियले तिरेको कर बाट संचालित नगरपालिकामा पटक-पटक सरकारी गाडी दुरुपयोग हुने गरेका समाचारहरु बाहिरिने गरेका छन् तर गाडीको दुरुपयोग भएको हो हैन भन्ने बारे नगरपालिकाले हाल सम्म आधिकारीक रुपमा आफ्नो धारणा पेश गरेको छैन् ।