शुक्रबार १० चैत्र २०७९

काठमाडाैँ- पूर्वराजा ज्ञानेन्द्र शाहले समाजमा सत्य स्थापित गर्ने, सदभाव जागृत गर्ने र दानवीय तात्पर्य गर्ने दशैँ पर्वकाे आदर्श रहेकाे भन्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा बडादशैँकाे शुभकामना दिएका छन्।

उनले शुक्रबार बिहान भिडियाेमार्फत् सनातनी मूलभूत महिमालाई बिथाेलेर, केही संरचना बदलेर सुन्दर नाैलाे नेपाल नबन्ने बताएका छन्। ज्ञाने‍न्द्रले भनेका छन्, ‘पूर्खाहरूले आर्जेकाे याे स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेकाे छ।

आफ्ना सनातनी मूलभूत महिमालाई बिथाेलेर, केही संरचना बदलेर सुन्दर नाैलाे नेपाल बन्दाे रहेनछ। त्यसैले बलियाे मियाेमा आबद्धभएर राम्राे र दरिलाे नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ।’ उनले नेपाल देशी विदेशीहरूकाे क्रीडाभूमि भएकाे जनगुनासाे रहेकाे बताए।

‘नेपाल निरन्तर देशी विदेशीहरूकाे क्रीडाभूमि पनि भयाे भन्ने जनगुनासाे छ। त्यसैले स्वतन्त्र, सार्वभाैम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिकाे पुन:निर्माणमा ध्यान दिनु देखिन्छ। नेपाललाई फेरि महान बनाउनु परेकाे छ’, पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्।

राेजगारीका लागि दिनहुँ हजाराैँकाे संख्यामा नेपालीहरू विदेशिरहेकाेमा उनले चिन्तासमेत व्यक्त गरे।पूर्वराजा ज्ञानेन्द्रले हाम्रा कुनै कार्यले देशले कहिल्यै हार्न नहुने बताए। उनले भनेका छन्, ‘व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएकाे छ। सर्वसाधारणकाे दैनिक जीवनलाई सकसपूर्ण बनाएकाे छ।

विद्यमान संविधान र व्यवस्थाकाे रक्षा गर्न खाेज्दा देशलाई दाउमा लग्ने अवस्था बनेकाे छ। हाम्राे कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन। राष्ट्रिय प्रजातन्त्र, माैृलिक मान्यताह र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी राज्य व्यवस्थाकाे पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूकाे चाेखाे चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल।’


Last Updated on: September 30th, 2022 at 6:40 pm

तपाईको प्रतिक्रिया