शुक्रबार १० चैत्र २०७९

नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुन विवादित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्दै आएको खुलासा भएको छ ।विवादित ठेकेदार अधिकारीको घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्पदै आएपनि फेरी उक्त पार्टीका उपमहासचिव पुन पनि सोही ठेकेदारको घरमा बस्दै आएको खुलासा भएको हो ।

उपमहासचिव पुन पछिल्लो एक वर्षदेखि ललितपुर महानगरपालिकाको वडा नम्बर १५ स्थित खुमलटार क्षेत्रमा रहेको मगरगाउँ मार्गको ३५ नम्बरको आलिसान बंगालमा बस्दै आएका छन । पुन तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको उर्जामन्त्रीबाट राजिनामा दिएर बाहिरिएपछि ठूलो मन्दिर सहितको अधिकारीको उक्त घरमा बस्दै आएका हुन ।

त्यसअघि उनी मन्त्री भएको समयमा मन्त्री क्वार्टरमा बस्दै आएका थिए ।काठमाडौँ उपत्यकामा आधा दर्जन भन्दा बढी घर भएका अधिकारीले प्रचण्डलाई पनि निःशुल्क घर उपलब्ध गराउँदै आएका छन् । प्रचण्ड र पुनले कुनै शुल्क नतिर्नेगरी अधिकारीको घरमा बस्दै आएको उनी निकट बताउछन् ।

नेता पुन बसेको घर चारैतिर कम्पाउन्डले घेरिएको, घरको आँगनमा ठूलो मन्दिर रहेको छ । तीनतले उक्त बंगलामा अधिकारी आफैँ बस्ने गरेका थिए । उक्त बंगलामा पुन र उनकी धर्मपत्नी माओवादी नेतृ ओनसरी घर्तीसँगै बस्नु हुन्छ ।पुनको बंगलाबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा नकारात्मक समाचारहरू प्रकाशित हुन थालेपछि अब चाँडै नै नयाँ ठाउँमा सर्ने तयारी भइरहेको छ ।

माओवादीको आडमा ठेकेदार अधिकारीले राजनीतिक प्रभाव र सेटिङ मिलाएर ठेक्का हत्याउने र काम नगर्ने सूचीमा अग्रस्थानमा छन् । ठेकेदार अधिकारीले जिम्मा लिएर सडक अलपत्र पारिदिँदा नुवाकोटको ककनी र भक्तपुरको नगरकोटको अवस्था विगत सात वर्षदेखि दयनीय बन्दै गएको छ ।नुवाकोट स्थायी घर भएका अधिकारीले रसायनिक मलको ठेक्का लिएर मल नै नल्याइ देशभर हाहाकार सिर्जना गराएका थिए ।


Last Updated on: September 30th, 2022 at 6:52 pm

तपाईको प्रतिक्रिया