शुक्रबार १० चैत्र २०७९

काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु यतिबेला चर्चामा छिन् । वास्तवमा उनी पछिल्लो १६ दिनदेखि दुनियाँको नजरबाट टाढा छिन् । कसैले उनलाई छालाको रोग लागेको बताइरहेका छन् भने अर्का थरीले सोही रोगको उपचारका लागि उनी विदेश गएको बताइरहेका छन् ।

डाक्टरले उनलाई भीडमा जान निषेध गरेपछि अभिनेता विजय देवरकोंडासँगको आगामी फिल्म ‘खुशी’ को सुटिङ पनि रोक्नु परेको छ । यी सबै खबरका बीच हालै अभिनेत्रीका प्रवत्ताले यी सबै खबर हल्लामा आधारित भएको बयान दिए ।तर यसबीच उनलाई लिएर अब अर्को एउटा खबर बाहिर आएको छ, जसले सामन्थाका फ्यानलाई पक्कै खुसी बनाउनेछ ।

जानकारी अनुसार सामन्था रुथ प्रभु हाल अमेरिकामा छिन् । उनी आगामी प्रोजेक्ट (काम) ‘सिटाडेल’ का लागि त्यहाँ गएकी हुन् ।उनी निकट स्रोतले भन्यो, ‘सामन्था अमेरिकाको सिटाडेलको लागि उनको क्यारेक्टरमा प्रवेश गर्ने काम गर्दैछिन् ।सिटाडेलमा आफ्नो भूमिकाका लागि उनी आफूलाई शारीरिक रूपमा तयार गरिरहेकी छिन् ।

त्यसका लागि उनी निकै कडा फिटनेस र जीवनशैली अपनाइरहेकी छिन् ।उनले मनोरञ्जन क्षेत्रमा काम गर्ने प्रख्यात विज्ञसँग एक्सनको तालिम लिदैँ छिन् ।’ तपाईंलाई जानकारी गराउ कि ‘सिटाडेल’ साइ–फाई श्रृंखला (सिरिज) ‘सिटाडेल’ को स्पिन–अफ हो । भारतीय स्पिन अफ राज र डीकेले निर्माण गर्दैछन् ।

यो रुसो ब्रदर्सद्वारा निर्देशित प्रियंका चोपडा र रिचर्ड म्याडेन अभिनीत एक ठूलो बजेटको साइ–फाई श्रृंखला हो । सामन्था रुथ प्रभु अभिनेता वरुण धवनसँग ‘सिटाडेल’ मा देखिनेछिन् । उनीहरू पहिलो पटक ठूलो पर्दामा सँगै काम गर्दैछन्, जसकारण फ्यानहरु निकै उत्साहित छन् ।

यसअघि सामन्था हिन्दी वेब सिरिज ‘द फ्यामिली म्यान २’ मा देखिएकी थिइन् । त्यसमा अभिनेता मनोज बाजपेयी मुख्य भूमिकामा थिए । यो शो धेरैलाई मन पर्यो । अहिले फ्यानहरु ‘द फ्यामिली म्यान ३’ को पर्खाइमा छन् । सामन्था, अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा’को आइटम गीत ‘उँ अन्टावा’ मा देखिएपछि हिन्दी भाषी क्षेत्रमा पनि थप लोकप्रिय भइन् ।

सोही कारणले गर्दा उनले बलिउडमा डेब्यु गर्ने कुरा पनि निकै चर्चामा रहेको छ । आउँदा दिनमा सामन्था रुथ प्रभुलाई ‘सिटाडेल’ बाहेक शाकुन्तलममा पनि देख्न पाइनेछ । हालै यसको टिजर रिलिज भएको छ । यसमा देव मोहन मुख्य भूमिकामा छन् ।

फिल्म ४ नोभेम्बर २०२२ मा हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्नड भाषाहरूमा विश्वव्यापी रूपमा प्रदर्शन हुनेछ । सामन्था पछिल्लो पटक करण जोहरको च्याट शो कफी विथ करण ७ मा देखिएकी थिइन् । उनले अक्षय कुमारसँग सोफा सेयर गरेकी हुन् । शोमा उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा पनि धेरै कुरा खुलाइन् ।


Last Updated on: September 30th, 2022 at 9:45 pm

तपाईको प्रतिक्रिया