शुक्रबार १० चैत्र २०७९

काठमाडौं : नेपाली कांग्रेसभित्रको विवाद मिलाउन सभापति शेरबहादुर देउवा सकारात्मक भएका छन्। निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची सच्चाउन देउवा तयार भएको हुन्।

आइतबारभित्र निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम सूची बुझाउन समय दिएकाे छ। कांग्रेसले असोज ३ मा बुझाएको बन्दी सुचीमा ७० देखि ७५ प्रतिशत नाम संशोधन गर्ने भएको छ। सभापति देउवाले एकलौटी गरेको भन्दै संस्थापन इतर समूह आन्दोलनरत छ।

देउवाले सूची सच्चाउन तयार नभए नेता डा. शेखर कोइराला समूहले विद्रोह गर्ने चेतावनी दिँदै आइरहेको छ। सूची सच्याउने समय आज ५ बजेसम्म भएकाले पार्टीद्वारा प्रस्तावित अन्तिम सूचिको प्रतिक्षामा रहेको नेता गुरुराज घिमिरेले बताए।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली कांग्रेसका लागि सूची सच्याउने समय आज ५ बजेसम्म भएकाले पार्टीद्वारा प्रस्तावित अन्तिम सुचिको प्रतिक्षामा रहेको जानकारी गराउँदछु। जय नेपाल।’समानुपातिकतर्फ शेखर पक्षका १३ जना मात्रै परेका छन्।

शेखर पक्षबाट ४ जना थप्न देउवा सहमत भएको कांग्रेस एक नेताले बताए। कांग्रेसभित्र चर्को विवाद भएको गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाममा हटाउने तयारी छ। तर, देउवालाई सहज छैन। समानुपातिकको बन्द सूचीमा देउवा पत्नी आरजु राणा देउवा पनि छिन्।

आरजुको नाममा धेरै विवाद नभएकाले नहट्ने स्राेतकाे दाबी छ। प्रत्यक्षतर्फ सिफारिस भएका आरजु समानुपातिकमा बसेकी छन्। प्रत्यक्षतर्फ २०७४ मा पराजित आरजु यो पटक समानुपातिक सुचीमा बसेकी हुन्।


Last Updated on: October 1st, 2022 at 1:16 pm

तपाईको प्रतिक्रिया