शुक्रबार १० चैत्र २०७९

राष्ट्र बैंकले २०७७ साउन ७ गतेदेखि नेपालकै दुईवटा हात्तीको तस्बिर हजारको नोटमा राख्ने भयो । अन्ततः हजारको नोटमा छापियो चितवनको दुईवटा हात्ती । चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा भाले हात्ती अहिले हामीले प्रयोग गर्ने हजारको नोटमा छन् ।

हजारको नोटमा राम–लक्ष्मण पृष्ठभागमा सँगै छन् । यद्यपि वास्तविक जीवनमा भने उनीहरू सँगै बस्न पाएका छैनन् । लक्ष्मण चितवनकै खगेन्द्रमल्ली पोस्टमा छ भने राम सौराहा पोस्टमा । देवीकली नाम गरेको हात्तीले जुम्ल्याहा राम र लक्ष्मणलाई जन्म दिएको थियो ।

जुम्ल्याहा भएर पनि बाँचेको यो पहिलो घटना हो । हात्तीले जुम्ल्याहा बच्चा पाउने घटना विश्वमै दुर्लभ मानिन्छ । जन्मिए पनि बाँच्ने सम्भावना झन् कम हुन्छ । २०६५ कात्तिक २१ गते जन्मिएका राम–लक्ष्मण जुम्ल्याहा छावा अहिले तन्नेरी भइसकेका छन् ।राम जन्मिएको तीन घन्टापछि लक्ष्मण जन्मिएको थियो ।

देवीकलीको जंगली हात्ती रोमियोसँगको समागमपछि हात्ती प्रजनन केन्द्र खोरसोरमा ती जुम्ल्याह हात्ती जन्मिएका थिए । रोमियोको मृत्यु भइसकेको छ । देवीकली भने अब पाँचौँपटक गर्भवती बन्दै छिन् । राम र लक्ष्मण देवीकली तेस्रो गर्व हुन् ।


Last Updated on: October 1st, 2022 at 5:47 pm

तपाईको प्रतिक्रिया