शुक्रबार १० चैत्र २०७९

बुटवल । वैकल्पिक शक्तिका रुपमा नेपाली राजनीतिमा उदाएको विवेकशील साझा पार्टीको लुम्बिनी समितिले सामुहिक राजनामा दिएको छ ।नेपालमा वैकल्पिक राजनीतिको घोषणा गर्दै रविन्द्र मिश्रको संयोजकत्वमा ५ वर्ष अगाडि स्थापना भएको पार्टीले स्थापनादेखि नै लुम्बिनी प्रदेश समिति गठन गरेको थियो ।

तत्कालिन अध्यक्ष मिश्रले केहि महिना अगाडि राजीनामा दिई हालै राप्रपा प्रवेश गरेसँगै पार्टीको विचार पनि समाप्त भएको भन्दै समितिले सामुहिक राजीनमा गरेको जनाएको छ । समितिले लुम्बिनी प्रदेशमा रहेका वडा,जिल्ला लगाएत सम्पूर्ण समति खारेज गर्दै गरेको पनि उल्लेख गरेको छ ।

पूर्व अध्यक्ष मिश्रले पार्टी परित्याग गरेपछि केन्द्रले छलफल नै नगरी ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज गरेकोप्रति असहमति जनाउँदै सामुहिक राजीनामा गरिएको पार्टीका लुम्बिनी प्रवक्ता केशवराज खनालले ग्लोबल आवाजलाई बताए । राजीनामा दिएपछिको विकल्प बारे भने कुनै निर्णय नभएको उनले जनाए ।

राजिनामा पत्रमा भनिएको छ – नेपालमा वैकल्पिक राजनीतिको घोषणा गर्दै रविन्द्र मिश्रको संयोजकत्वमा ५ बर्ष पहिले साझा पार्टीको स्थापना भएको थियो l पार्टीको स्थापना देखि नै लुम्बिनी प्रदेशमा पनि हामी विवेकशील साझा पार्टीमा आवद्ध भै विभिन्न जिम्मेवारीमा रहदै पार्टीको बिधानमा रहि गतिविधि गर्दै आएका थियौं l

पार्टीको महत्त्वपूर्ण कार्यक्रम लुम्बिनी राष्ट्रिय भेला लगायत विभिन्न कार्यक्रम लुम्बिनी प्रदेशले गर्दै आएको कुरा सर्वविधितै छ । लुम्बिनी प्रदेशका धेरै जिल्लामा विवेकशील साझाको संगठन निर्माणकार्य पनि प्राथमिकताका साथ गर्दै आएका थियौं । लुम्बिनी प्रदेशले पदिय लोभलाई त्यागेर पार्टीको हितको लागि उच्चस्तरीय भुमिका निर्वाह गर्दै आएको कुरा सर्वबिधितै छ ।

पटक पटक पार्टीलाई दुर्घटना हुनबाट पनि लुम्बिनी प्रदेशले आफ्नो भुमिका प्रमुख प्राथमिकताका साथ काम गर्दै आएको कुरा सबैलाई जानकारी नै छ । पार्टीको केन्द्रिय अध्यक्ष रविन्द्र मिश्रले स्थानीय निर्वाचनको नतिजा राम्रो न आएपछि सम्पुर्ण जिम्मेवारी आफैले लिदै नैतिकताको आधारमा केन्द्रिय अध्यक्ष बाट राजिनामा गर्नु भएको थियो ।

अहिले रवीन्द्र मिश्र ज्यु पार्टीको साधरण सदस्य समेत नरहने गरि राजिनामा दिनु भएको , केन्द्रिय समितिको दुई तिहाई बहुमत द्वारा पारित “बिचार भन्दा माथि देश “दस्तावेज पार्टीका सार्वभौम सदस्यहरू सङ्ग सकार्य नै नगरी काठमाडौमा रहेका सिमित ब्यक्तिहरुले एकलौटी रुपमा खारेज गरेको तथा रविन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने यथार्थ कुरामा सिङ्गो लुम्बिनी प्रदेशका सम्पूर्ण सदस्यहरूको ठहर रहेको हुँदा ,

आजका मितिदेखी लागू हुने गरि विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश समिती भङ्ग गर्दै लुम्बिनी प्रदेशका सम्पुर्ण जिल्ला समिति समेत आजका मिति देखि भङ्ग गर्दै प्रदेश समिती, जिल्ला समिती , नगर तथा गाउँ पालिका समितिमा रहनु भएका सम्पुर्ण जिम्मेवारी सदस्यहरुले सामुहिक रुपमा राजिनामा दिदै विवेकशील साझा पार्टीको साधारण सदस्य नरहने गरि आजका मिति देखि लागुहुने गरि राजिनामा गरेका छौँ । यस्तो छ राजीनामा पत्र


Last Updated on: October 1st, 2022 at 10:14 pm

तपाईको प्रतिक्रिया