
जापान ।जापानको मियाजाकी प्रिफेक्चर नजिक केन्द्र भएर शनिवार मध्यरात भूकम्पको कडा धक्का महशुस गरिएको छ ।जापान मौषम विज्ञान एजेन्सीका अनुसार मध्यरात १२ बजेर २ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट सुनामीको खतरा भने नरहेको मौषम विज्ञान एजेन्सीका अधिकारीहरुले बताएका छन् ।मियाजाकी प्रिफेक्चरको दक्षिणी समतल क्षेत्रमा ५ भन्दा माथिको कम्पन महशुशस गरिएको थियो । भूकम्पको केन्द्र मियाजाकी प्रान्तको पूर्व तट क्षेत्रको ओसुमी प्रायद्धिप रहेको छ ।
भूकम्प समुन्द्रको ३० किलोमिटर गहिराइ भएर गएको विवरणमा उल्लेख छ ।जापानी समाचार संस्था एनएचकेका अनुसार भूकम्पको कम्पन खागोशिमा, कुमामोतो, ओइता, एहिमे, सागा, फुकुओका, यामागुची, सिमानो, हिरोसिमा लगायत क्षेत्रमा महशुस गरिएको छ ।
भूकम्पबाट कुनैपनि मानविय तथा भौतिक क्षतिको विवरण प्राप्त नभइसकेको मध्यरात १२ बजेर ३५ मिनेटमा एनएचके टेलिभिजनले प्रत्यक्ष प्रशारणका क्रममा समाचारमा बताएको छ ।
यो पनि – जापानले सेप्टेम्बर महीनामा विदेशी विनमय बजारमा हस्तक्षेप गरेर २८ खर्ब ३८ अर्ब २० करोड येन किनेको छ । त्यहाँको अर्थमन्त्रालयले शुक्रबार यस्तो बताएको हो ।अमेरिकी डलरको तुलनामा जापानी येनको भाउमा तीव्र कमी आएपछि २४ वर्षमा पहिलो पटक येन किनेर डलर विक्री गर्दै मुद्रा बजाररमा सेप्टेम्बर २२ मा जापानले हस्तक्षेप गरेको थियो ।
यो सन् १९९८ को अप्रिल १० यताकै सबैभन्दा ठूलो हस्तक्षेप थियो । त्यति बेला बबल अर्थतन्त्रको फोका फुटेपछि उत्पन्न वित्तीय संकटबीच जापानले २६ खर्ब २० अर्ब १० करोड येन किनेको थियो । मन्त्रालयले अगष्ट ३० देखि बुधबारको बीचमा विदेशी विनिमय हस्तक्षेपसम्बन्धी डेटा सार्वजनिक गरेको थियो ।
हस्तक्षेपको परिमाणसम्बन्धी अर्को तथ्यांक नोभेम्बरको शुरुमा सार्वजनिक हुने क्रममा रहेको छ । येनको सेल–अफ रोक्न आवश्यक पर्यो भने मन्त्रालयले बजारमा थप हस्तक्षेप गर्ने बताएको छ । ‘सट्टेबाजीका कारण येनको भाउमा अत्यधिक उतारचढाव दोहोरिएकोलाई हामी वेवास्ता गर्न सक्दैनौं’ अर्थमन्त्री शुनिची सुजुकीले सेप्टम्बर २२ मा हस्तक्षेपको घोषणा गर्ने क्रममा भनेका थिए ।