Ultimate magazine theme for WordPress.

अस्ट्रेलियामा चम्किदै नेपाली सुन्दरी (फोटो फिचर)

315

नेपाली कला क्षेत्रको मोह नेपालमा बस्नेलाई मात्र होइन परदेशमा बस्नेलाइ पनि हुने गर्दछ । परदेशमा बस्ने कत्तिले अवसर पाउछन भने कतिले इच्छा भए पनि बिबिध कारणले आफ्नो कला प्रस्तुत गर्न पाएका हुदैनन ।

झापा जिल्लामा जन्मिएर अस्ट्रेलियालाई कर्म थलो बनाएकी निखिला बुढाथोकी जो अस्ट्रेलियामा रहेर कलाकारितामा फड्को मार्दैछिन ।

अभिनय, नृत्य कुशलता भएकी अभिनेत्री बुढाथोकी नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी अभिनेत्री हुन् । अस्ट्रेलियामा हुने सांस्कृतिक कार्यक्रम, त्यहाँ बन्ने म्युजिक भिडियोको पहिलो रोजाइमा उनि पर्ने गर्दछिन् ।

बिगत पाँच बर्ष देखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी निखिला बुढाथोकी पेशाले नर्स हुन् । उनि अस्ट्रेलियामा राम्रो बेली डान्सरको रुपमा परिचित छिन् ।

हलिउड अभिनेत्री सल्मा हायक, बलिउड अभिनेत्री जिनत अमात र राधिका आप्टेको अभिनय बाट प्रभावित बुढाथोकी नेपालमा भने तृप्ति नाडकर,नम्रता श्रेष्ठ र ऋचा शर्माको अभिनयबाट प्रभावित छिन ।

भबिस्यमा आफु सफल अभिनेत्रीको रुपमा परिचित भएर स्वदेश तथा बिदेशमा आफ्नो क्षमता देखाउने उनको चाहना रहेको छ । उनलाई थुप्रै चलचित्रमा अफर समेत आइ रहेको उनि बताउछिन् ।

उनलाई अस्ट्रेलियामा नै निर्माण भएको चलचित्र ‘पर्पला’को कथाले मन छोयो र उनले काम गर्न राजि भइन्,’पर्पला’ अस्ट्रेलियामा घट्ने एउटा वास्तविक घटना भएकोले पनि उनलाई काम गर्न मन लागेको हो ।

यो चलचित्र पश्चात हाल उनि अन्य दुई चलचित्रको स्क्रिप्ट पढ्दै छिन् । मनोज अधिकारीको लेखन तथा निर्देशनमा बनेको चलचित्रको छायाँकन सकिएको छ ।

चलचित्र आरकेस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट,ग्रीन हिल्स इन्टरटेन्टमेन्टको संयुक्त ब्यानरमा निर्माण गरिएको छ । कश्मिर डिक्सनको डिओपी रहेको चलचित्रका सम्पादक सुरेन्द्र पौडेल हुन् ।

चलचित्रमा निखिला बुढाथोकीको साथमा पुकार गौतम, रोजी पन्त, ओल्गा तमरा, योगेश घिमिरे, क्रिष्टिन शेल र प्रेक्षा अधिकारी लगाएतको अभिनय रहेको छ ।

हेराैँ उनका केहि सुन्दर तस्बिर