शुक्रबार १० चैत्र २०७९

काठमाडौँ । आगामी मंसिर ४ गतेको निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा (एमाले) का प्रभावशाली युवा नेतालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।

बिहीबार एक विशेष कार्यक्रमको आयोजना गर्दै एमालेका प्रभावशाली युवा नेता राजन श्रेष्ठ (धरातल) लाई कांग्रेस पार्टी प्रवेश गराएका हुन् ।युवाहरूमाझ लोकप्रिय रहेका श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेसँगै महामन्त्री गगन कुमार थापाको आगामी निर्वाचनको जितका लागि झनै सहयोग पुगेको जानकारहरू बताउँछन् ।

कांग्रेस प्रवेश गरेका श्रेष्ठ काठमाडौँमा विगत दशकौँदेखि शिक्षा क्षेत्रमा सफल नेतृत्व तथा विभिन्न स्थानीय सङ्घ÷संस्थाहरू मार्फत समाजसेवामा सक्रिय छन् ।समग्र काठमाण्डौं क्षेत्र नम्बर ४ को सामाजिक, आर्थिक तथा भौतिक रूपमा विकास गर्ने प्रतिबद्धता सहित आफू कांग्रेस प्रवेश गरेको श्रेष्ठ बताउँछन् ।

उनले आफू पनि उदार लोकतन्त्रमा विश्वास राख्ने भएकोले र गगन थापाको नेतृत्वदायी व्यक्तित्व, उदार लोकतान्त्रिक विचार, समाज तथा देश विकासका लागि तय गरेको विभिन्न आयाम तथा भिजनहरूले नै आफूलाई उक्त पार्टी प्रति तथा गगन थापासँग रहेर काम गर्न प्रेरित गरेको पनि जनाए ।

यस्तै, सोही दिन श्रेष्ठसँगै गत स्थानीय तहमा बूढानीलकण्ठ नगरपालिकाको मेयर उम्मेदवार सुमित खरेल, भीष्मराज ढकालसहित सयौँ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।


Last Updated on: October 2nd, 2022 at 3:40 pm

तपाईको प्रतिक्रिया