
काठमाडौँ – बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने चढेको विमान काठमाडौं अवतरण गर्न सकेको छैन। केहीबेर अघि काठमाडौं अवतरण गर्नुपर्ने विमान मौसमको खराबीका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को लगाइरहेको छ।
कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनी काठमाडौं आएका छन्। काठमाडौंमा भिजिविलिको कमीले काठमाडौंको आकाशमा विमान घुमिरहेको हो।