Ultimate magazine theme for WordPress.

सांसद जति ओलीतिर जान थालेपछि देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड पक्षको प्रस्ताव

166

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका सांसदहरुलाई आफ्नो कित्तामा ल्याउने प्रयास विफल भएपछि नेकपाको पुष्पकमल दाहाल प्रचण्ड – माधव नेपाल पक्ष नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयार भएको छ। सर्वोच्च अदालतको फैसलाबाट फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएपछि विजयी महसुस गरेको दाहाल नेपाल खेमाले अब ओलीको विकल्पका रुपमा कांग्रेस सभापति देउवालाई स्वीकार गर्ने अवस्थामा पुगेको हो।

एक हप्ताको अवधिमा ओली पक्षमा रहेका केही सांसदलाई आफ्नो कित्तामा ल्याएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरे पनि विफल भएपछि प्रचण्ड नेपाल समूह ओलीलाई सत्ताबाहिर राख्न देउवालाइ पाँचाैपटक प्रधानमन्त्री बनाउने मनस्थितमा पुगेको हो ।त्यसको तयारी स्वरुप सोमबार बसेको माधव प्रचण्ड पक्षको स्थायी समितिको बैठकले दाहाललाई प्रधानमन्त्री प्रस्ताव गर्दै प्रधानमन्त्री ओली विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने निर्णय गरेको थियो।

ओली पक्षमा रहेका सांसदलाई ल्याउने प्रयास लगभग विफल भएको निष्कर्षमा प्रचण्ड समूह पुगेको एक सांसदले बताए। ती सांसदले मंगलबार सिंहदरबारमा भने, ‘प्रयास गरिरहेका छौँ। तर उता लाग्नुभएका साथीहरु आउने सम्भावना कम भएको छ।’मंगलबार विराटनगर पुगेका अध्यक्ष माधव नेपालले अहिलको सर्न्दभमा आफ्नो समूह, कांग्रेस र जसपाको सरकार बन्ने दाबी गरे। नयाँ सरकार गठनका लागि कांग्रेस र जसपा तयार भए प्रधानमन्त्री पद छाड्न तयार रहेको नेपालको भनाइ थियो।

नेता नेपालले भने, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल जारी छ। हामी सहमतिमै नयाँ सरकार गठन गर्ने तयारी छौँ। यसक्रमा हामीलाई प्रधानमन्त्री नचाहिने बताइसकेका छौँ।’ प्रतिनिधिसभा पुनःस्थापना भएपछि फागुन १२ गते दाहाल नेपालले देउवालाई चितवनबाट सिधै बुढानीलकण्ठ पुगेर भावी सत्ता सहयात्राका लागि प्रस्ताव गरेका थिए। मंगलबार विराटनगर पुगेका अध्यक्ष माधव नेपालले अहिलको सर्न्दभमा आफ्नो समूह, कांग्रेस र जसपाको सरकार बन्ने दाबी गरे।

नयाँ सरकार गठनका लागि कांग्रेस र जसपा तयार भए प्रधानमन्त्री पद छाड्न तयार रहेको नेपालको भनाइ थियो। नेकपामा ओलीलाई संसदीय दलको नेताबाट हटाउने सामार्थ प्रचण्ड नेपाल पक्षसँग नभएपछि उनलाई संसदबाटै अरु दलको सहयोगमा हटाउन लागेका हुन्। नेकपा संसदीय दलमा प्रचण्ड नेपाल पक्षमा ८७ र ओली पक्षमा ८३ जना सांसद रहेको दाबी गरिन्छ। सभापति देउवालाई प्रधानमन्त्री बन्न नेकपाका दुवै पक्षबाट तारन्तार प्रस्ताव आइरहेको सहमहामन्त्री प्रकाशशरण महतले स्वीकार गरे।

‘उहाँलाई सरकारको नेतृत्व लिन नेकपाका दुवै समूहबाट औपचारिक/अनौपचारिक रुपमा पटक पटक प्रस्ताव आइरहेको छ,’ महतले भने। सत्ता सहकार्यका लागि आएको प्रस्तावबारे कांग्रेसले नेकपा विभाजन नभएसम्म औपचारिक धारणा नबनाउने निर्णय बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिरीको बैठकले गरेको थियो। दाहाल नेपाल पक्षले देउवालाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता आग्रह गरिरहेको छ।

प्रतिनिधिसभामा ६३ सांसद रहेको प्रमुख प्रतिपक्ष दल कांग्रेसका दुई जना सांसद निलम्बित अवस्थामा छन्। बाँकी ६१ जना सांसदले प्रधानमन्त्री चयनमा मतदान गर्न पाउँछन्। प्रतिनिधिसभामा प्रधानमन्त्री चुन्न चाहिने २७५ को बहुमत १३८ नेकपाका जुन पक्षसँग मिल्दा पनि कांग्रेसले सजिलै पुर्‍याउन सक्छ। महतले परिस्थित परिपक्व भएपछि मात्रै पार्टीले निर्णय लिने बताए। उनले भने, ‘परिस्थिति परिपक्क भएपछि हामी निर्णय गर्छौ। विभिन्न खालका कुराहरु आइरहेका छन्। अधिवेशन सुरु भएकै दिन अन्त्य हुने होइन। हामी छलफल गरेर निर्णय लिन्छौँ।

प्रधानमन्त्रीको प्रस्ताव आए पनि त्यसलाई स्वीकार गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र मतभेद छ। संस्थापन इतर समूहले सरकारमा जानै नहुने बताइरहेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री प्रकाशमान सिंह, शेखर कोइरालालगायका नेताहरु महाधिवेशन प्रभावित पार्ने भएकाले देउवालाई सरकारको नेतृत्व गर्न दिन हुने पक्षमा छन्। सरकारको नेतृत्व गर्न पर्ने र गर्न नहुने दुवै धारणा लिएर पुग्ने नेता तथा सांसदहरुलाई देउवाले ‘छलफल हुन्छ’ भन्दै ठोस जवाफ नदिइ पठाउने गरेका छन्।