शुक्रबार १० चैत्र २०७९

काठमाडौं । बाराको अमलेखगन्जमा बिहीबार बिहान यात्रीवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा ठूलै हताहती भएको आशंका गरिएको छ ।

चितवनको नारायणगढबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुल भन्ने स्थानमा दुर्घटनामा परेको जनाइएको छ ।बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कुटवालले घटनामा २५ जना घाइते भएको बताए ।

उनले १० जनाको मृत्यु भएको सूचना आए पनि अस्पतालले पुष्टि गर्न बाँकी रहेको बताए ।प्रहरीका अनुसार बस अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो । बसमा ४० जना सवार थिए । घाइतेलाई उपचारका लागि हेटौंडा अस्पतालमा पठाइएको छ ।

उता कञ्चनपुरको पुनर्वास नगरपालिकामा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा से७प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको धनगढी उप महानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र सोही मोटरसाइकलमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका २२ वर्षीय विशाल राना छन्।

दुर्घटनामा परी घाइते भएका दुवै जनालाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।


Last Updated on: October 6th, 2022 at 12:46 pm

तपाईको प्रतिक्रिया