Ultimate magazine theme for WordPress.

सरकारसँग वार्ता गर्न पूर्वज’नमुक्ति सेना सहित ‘विप्लव’का नेता काठमाडौंमा , ठाउ गो’प्य राखियो

267

काठमाडाैं– सरकारसँग वार्ता गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको वार्ता टोली काठमाडौं आइपुगेको छ। सोमबार बुटवलबाट हिँडेको टोली मंगलबार साँझ काठमाडौं आइपुगेको हो। विप्लवको वार्ता टोलीमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन्। ‘हिजो साँझ नै उहाँहरु हिँड्नु भएको हो। तर सु’रक्षाका कारण आज मात्र काठमाडौं आइपुग्नु भएको छ। उहाँहरुलाई हाम्रै पू’र्वजनमु’क्ति सेनाहरुले सु’रक्षा दिइरहनु भएको छ,’ एक नेताले भने।

यता गृह मन्त्रालयले पनि उनीहरुलाई पक्राउ नगर्न प्रहरी प्रशासनलाई आ’देश दिएकाे स्राेतले जनाएकाे छ। यद्यपि विप्लवका टाेली बसेकाे स्थान भने गाे’प्य राखिएकाे छ। सरकारले मंगलबार ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको दुई सदस्यीय टोली बनाएको थियो। सरकारी वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन्।

सरकारले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फु’कुवादेखि मु’द्धासम्म फिर्ता लिने तयारी थालेको जनाइएको छ। स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपामाथिको प्र’तिबन्ध फिर्ता लिइनेछ। सरकारले २८ फागुन २०७५ मा मन्त्रिपरिषद् बैठक बसेर नेकपाका गतिविधिमाथि प्र’तिबन्ध लगाउने निर्णय गरेको थियो।