Ultimate magazine theme for WordPress.

नायिका स्वस्तिमा खड्काको बारेमा रोचक तथ्य !

676

नायिका स्वस्तिमा खड्काले साउथ चलचित्र ‘थिरिमाली’ साइन गरेकी छिन् । काठमाण्डौको एक पाँच तारे होटलमा नायिका खड्का र चलचित्रको निर्माणपक्षविच कागजी संझौता भएको छ । स्वस्तिमाले चलचित्र साइन गरेपछि आफूलाई यो चलचित्रबाट धेरै कुरा सिक्न र करिअरलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।नायिका खड्काले चलचित्र ‘चिसो मान्छे’मा काम गरेपछि यो चलचित्रका लागि समय दिनेछिन् । यो चलचित्रको छायांकन ७० प्रतिशत नेपाल र ३० प्रतिशत भारतमा हुनेछ ।

राजिव सेट्ठीले निर्देशन गर्ने यो चलचित्रलाई दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज् र नेपालको तर्फबाट अनन्या फिल्मस्ले निर्माण गर्नेछन् ।चलचित्रमा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको मुख्य भूमिका रहनेछ । नेपालबाट स्वस्तिमा, माओत्से गुरुङ र केही थिएटरका कलाकारको अभिनय रहने छ ।यो चलचित्रको छायांकन नेपालको काठमाण्डौ र मुस्ताङमा हुनेछ ।

नायिका स्वस्तिमा खड्काको बारेमा रोचक तथ्य:जन्म मिति : जुलाई ४ ।जन्म स्थान : काठमाडौं ।एसएलसी : सैनिक आवासीय महाविद्यालय, भक्तपुर ।उचाइ : ५ फिट ६ इन्च ।शिक्षा : आर्किटेक्ट इन्जिनियरिङ अध्ययनरत, थापाथली इन्जिनियरिङ क्याम्पस ।पहिलो प्रतियोगिता : मिस टिन–२०१३ (उत्कृष्ट ५) ।पहिलो चलचित्र : होस्टल रिटन्र्स ।

पहिलो म्युजिक भिडियो : मधुरो रात (सिने गुरुङ) ।पहिलो लोकप्रियता : चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतमा गरिएको नृत्य ।प्रदर्शन हुन बाँकी चलचित्र : चपली हाइट ३, पल्पसा क्याफेमा नाटक गर्दै ।लक्ष्य : सफल कलाकार बन्ने ।पहिलो सफलता : चलचित्र होस्टल रिटन्र्स ।श्रीमान् : निर्देशक निश्चल बस्नेत ।पहिरन : क्याजुअल ।पहिलो एवार्ड : चलचित्र होस्टल रिटन्र्सबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सह–अभिनेत्री ।