Ultimate magazine theme for WordPress.

बालुवाटारमै विप्लव समूह र सरकारबीच औपचारिक वार्ता शुरु

166

काठमाडौं । सरकार र प्रतिबन्धित समूह विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमै दुवै वार्ता टोलीबीच छलफल शुरु भएको स्रोतले जनाएको छ । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो ।सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र डा. राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउनेबीचको वार्ता जारी छ ।

विप्लवको वार्ता टोलीमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन्। ‘हिजो साँझ नै उहाँहरु हिँड्नु भएको हो। तर सु’रक्षाका कारण आज मात्र काठमाडौं आइपुग्नु भएको छ। उहाँहरुलाई हाम्रै पू’र्वजनमु’क्ति सेनाहरुले सु’रक्षा दिइरहनु भएको छ,’ एक नेताले भने।सरकारले मंगलबार ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको दुई सदस्यीय टोली बनाएको थियो। सरकारी वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन्।

सरकारले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फु’कुवादेखि मु’द्धासम्म फिर्ता लिने तयारी थालेको जनाइएको छ। स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपामाथिको प्र’तिबन्ध फिर्ता लिइनेछ। सरकारले २८ फागुन २०७५ मा मन्त्रिपरिषद् बैठक बसेर नेकपाका गतिविधिमाथि प्र’तिबन्ध लगाउने निर्णय गरेको थियो।